इरफानको भावुक पत्रः

क्यानडा विशेष मनाेरंजन विश्व समाचार

‘ केही महिना पहिलेमात्रै मलाई थाहा भयो कि, म न्युरोएन्डोक्राइन क्यान्सरबाट ग्रस्त छु । मैले पहिलो पटक यो शब्द सुन्दै थिएँ । यसबारे खोजी गर्दा थाहा पाएँ कि यो बिरामीबारे धेरै सोध भएको रहेनछ । किनकी यो एउटा दुर्लभ शारीरिक अवस्थाको नाम रहेछ र यसको उपचार अनिश्चित रहेछ ।

अहिलेसम्म म आफ्नो यात्रामा बेगसँग हिँडिरहेको थिएँ । मेरा साथमा मेरा योजना, आकांक्षा, सपना र गन्तव्य थिए । यसमा म मन्त्रमुग्ध भएर यात्रा गरिरहेको थिएँ । अचानक टीसी ९रेलमा टीकट जाँच गर्ने०ले मेरो पिठ्युँमा थप्थपाएर भन्यो ‘तपाईँको स्टेशन आउँदैछ, कृपया उत्रिनुहोस् ।’

मैले बुझ्नै सकिन, ‘नाइनाई मेरो स्टेशन अझैँ आएको छैन ।’

‘तपाईँको गन्तव्य आइसक्यो, यस अगाडिको कुनै पनि स्टेशनमा तपाईँ उत्रिनु पर्ने हुनसक्छ’ उसले जपाफ दियो ।

अचानक यस्तो महसुस भयो कि, म बिर्को बन्द अवस्थामा अपरिचित सागरमा अप्रत्यासित उछालका साथ बगिरहेको थिएँ, त्यो उछाललाई नियन्त्रण गर्ने भ्रमका साथ ।

यो भयानक, उदासी र डरको त्रासदीमा मैले आफ्नो छोरालाई भनेँ, ‘आजको यो अवस्थामा म यतीमात्र चाहन्छु कि म यो परिस्थितिलाई हडबडाहट, डर र मुर्छानाको मानसिक अवस्थाबाट बाच्न चाहन्न । मलाई कुनै पनि हालतमा म आफ्नै खुट्टामा उभिएर यो अवस्थालाई तटस्थ तरिकाले बाच्न चाहन्छु । म आफ्नै गोडामा उभिन चाहन्छु् ।’

मेरो यही चाहना थियो, मेरो यही इच्छा थियो ‘

केही हप्तापछि म एउटा अस्पतालमा भर्ना भएँ । सहनै नसक्ने गरी शारीरिक पीडा भइरहेको थियो । यो त थाहा थियो कि पीडा हुनेछ, तर यस्तो पीडा ‘ । अहिले दुखाईको गति थाहा पाइरहेको छु । न कसैको शान्तना, न कसैको भरोसा, कुनै पनि कुराले काम गरिरहेको थिएन । त्यो दुःखको क्षणमा पुरै ब्रह्माण्ड समेटिएको, र भगवानभन्दा पनि ठूलो र विशाल महसुस भएरहेको थियो ।’

म जुन अस्पतालमा भर्ना भएको छुँ, यसमा बाल्कोनि पनि छ । बाहिरको सबै दृश्य देखिन्छ । कोमा वार्ड मेरो ठिक माथिपट्टी छ । सडकको एकातिर मेरो अस्पताल छ भने अर्कोतिर लर्डस स्टेडियम छ ‘ त्यहाँ मुस्कुराइरहेका विवियन रिचर्डसको पोष्टर छ, मेरो बालापनको सपनाको मक्का‘।। तर त्यसलाई हेरिरहँदा पहिलो नजरमा मलाई कुनै पनि महसुस भएन । मानौँ, त्यो संसार मेरो छँदै थिएन ।

म पीडाको कब्जामा छुँ ।

अनि फेरि एकदिन मलाई महसुस भयो‘‘ कि म यस्ता कुनै पनि वस्तुहरुको हिस्सा नै थिएन, जसको निश्चितताको दाबी म गर्न सकुँ । न अस्पताल, न स्टेडियम । मभित्र जे बाँकी थियो त्यो ब्रह्माण्डको असिम शक्ति र ज्ञानको प्रभाव थियो । मेरो अस्पताल त्यहाँ हुनुनै थियो । मनले भन्यो केवल अनिश्चिता नै निश्चित छ ।

यो अनुभुतिले मलाई समर्पण र भरोसाका लागि तयार ग-यो । अब नतिजा चाहे जेसुकै होस, यसले जहाँसुकै लैजाओस् । आजभन्दा ८ महिनापछि, या ४ महिनापछि, या २ वर्ष । चिन्ता किनारा लाग्दै बिलिन हुन थाल्यो र मेरो दिमागबाट जिउँनु मर्नुको हिसाब नै हटेर गयो ।

सहि अर्थमा, पहिलो पटक मलाई उन्मुक्ति शब्दको अनुभूति भयो । एउटा उपलब्धीको अनुभूति ।
यो ब्रह्माण्डको क्रिया नै पूर्ण सत्य बन्यो । त्यसपछि लाग्यो कि यो विश्वास मेरो हरएक तन्तुमा घुसीसक्यो । समयले नै बताउने छ यो रोकिने छ वा छैन । तर अहिले म यस्तै महसुस गरिरहेको छु ।
यो यात्रामा संसारभरका मानिस ‘ सबै मेरो सुस्वास्थ्यको कामनमा गरिरहेका छन्, प्राथना गरिरहेका छन्, म उनीहरुलाई चिन्दछु पनि, चिन्दिन पनि । उनीहरु फरक फरक स्थानबाट प्रार्थना गरिरहेका छन् । मलाई लाग्दछ कि उनीहरु सबैको प्रार्थना जोडिएर एक ढिक्का बनेको छ । एउटा ठूलो शक्ति गतिवान जीवनधारा बनेर मेरो मेरुदण्डबाट प्रवेश गरी शीरमाथिको केसमा अंकुरित भइरहेका छन् ।

अकुंरित भएर यो कहिले डाँठ त कहिले पात, कहिले डाली त कहिले हाँगा बन्छ । म खुसी भएर यिनलाई हेर्छु । शुभचिन्तक सामुहिक प्रार्थनाबाट उब्जेको हरेक डाँठ, पात र फूलले मलाई एउटा नयाँ दुनियाँ देखाउँछ । अनुभूत गर्छु कि जरुरी छैन, हरेक लहरमा बिर्को लागेको होस् ।

जसरी तपाईँ प्रकृतिको झुलामा झुली रहनु भएको छ ।’