क्यानडामा श्रीमद्भागवत कथा ज्ञानमहायज्ञ सप्ताह, वाचन प्रवीण दिन बन्धु पोखरेल द्धारा कथा बाचन ।

Events क्यानडा विशेष

राजु थापा, क्यानडा ।

क्यानडाको ग्रेटर टोरोन्टो स्थित ब्रामटन शहरमा स्थापित श्री पशुपतिनाथ मन्दिरको विस्तार गर्ने उद्धेश्यले नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरको आयोजनामा जुलाई ६ तारिख शनिवार देखि श्रीमद्भागवत कथा ज्ञानमहायज्ञ सप्ताह शुरु भएको छ ।

पहिलो दिन शनिवार पशुपतिनाथ मन्दिर ब्रामटनको प्रागंण बाट १०८ कलशयात्रा सहित महिलाको र्याली सप्ताह स्थल टोरोन्टोको इटोबिकोमा पुगेको थियो । साथै बाग्लुगं सेवा समाजले पन्चे बाजा र क्यानेडियन नेवा गुठिले लाखे नाच गरि उद्घाटन कार्यक्रमको रौनकता बढाएको थियो ।

कार्यक्रममा क्यानेडियन सरकारको तर्फबाट ब्रामटन साउथकि फेडरल सांसद सोनीया सिधु, ब्रामटन शहरका मेयर प्याट्कि ब्राउन, मिसिसागा माल्टनका प्रदेश सांसद दिपक आनन्द, एनआरएन क्यानडाका अध्यक्ष गाेपिकृष्ण काफ्ले लगायतको उपस्थिति रहेको थियो । 

खासगरि हाल क्यानडाको ब्रामटन शहरमा रहेको श्री पशुपतिनाथ मन्दिरको प्रांगण भक्तजनहरुको चापका कारण साँघुरो हुदै गएकोले मन्दिरको बिकाश र बिस्तारका लागि रकम संकलन महायज्ञको मूल उद्धेश्य रहेको छ । सप्ताहको तेस्रो दिन केहि दाताहरुले आफुले दान गर्ने रकमको घोषणा गरे पनि हेरिटेज सेन्टरले लिएको मिलियन डलर संकलनको लक्ष्य अबको बाँकि चार दिनमा पुरा गर्नका लागि अन्य भक्तजनहरुबाट ठुलो आशा लिएको आयोजकले जनाएको छ ।

हिन्दु र बौद्ध धर्म दर्शनका आधारमा महायज्ञको क्यानडामा आयोजना भएको यो पहिलो पटक हो ।