क्यानडामा हुने बहुसाँस्कृतिक महोत्सव २०१९ काराब्राममा नेपालले पनि भाग लिने ।

nrn क्यानडा विशेष

क्यानडाको ओन्टारियो प्रान्तको बिभिन्न शहरहरु मध्ये ब्राम्पटन शहरमा यहि  आउदो जुलाई १२,१३ र १४ तारिखमा हुने काराब्राम बहु–साँस्कृतिक तथा ब्यापार मेलामा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

सो महोत्सवमा नेपालको पर्यटकिय क्षेत्र, बिभिन्न जातजातिका कला सँस्कृति, भेषभुषा र नेपाली परिकारको बिक्रि तथा प्रदर्शन लगायत आआफ्नो देशको चिनारी झल्काउने सामाग्रिहरुको प्रदर्शन तथा बिक्रि बितरण गरिने छ ।

यस बर्षको कार्यक्रमको आयोजना एनआरएनए क्यानडा र एनसीएनसीले गर्ने भएका छन् । एनआरएनए क्यानडाले सबै क्यानडाबासी नेपाली दाजु भार्इ तथा दिदिबहिनीहरूमा उक्त मिति र समयमा उपस्थित भै कार्यक्रम सफल बनाउन सहयोगका लागि अपिल गरेको छ ।