नेपाली कन्सल्ट्यान्टहरु द्धारा क्यानडाको ईमिग्रेसन सम्बन्धि नयाँ नियम बारे जानकारी ।

Events क्यानडा विशेष

राजु थापा, एमखवर क्यानडा ।

१७ सेप्टेम्वर, २०१९

नेपालीहरुको क्यानडा आउने क्रम बढिरहे संगै, समय समयमा क्यानडाको ईमिग्रेसन सम्बन्धि निति नियमहरु प्नि परिवर्तन हुने गर्दछ । त्यसको बारेमा जानकारी गराउने उद्धेश्य लिएर क्यानडामा रहेका नेपालीहरुका लागि परिबर्तित यथार्थका बारेमा जानकारी गराईयो ।

क्यानडामा ईमिग्रेसन कन्सल्ट्यान्टका रुपमा काम गर्ने मुगा राजभण्डारी र लक्ष्मण मण्डलले आईतवार १५ सेप्टेम्वरका दिन मिसिसागा शहरमा ईमिग्रेसन सेमिनारको आयोजना गरेर उक्त जानकारी गराएका हुन् । केहि समय यता नेपालीहरुको क्यानडा आगमन बढिरहनुका साथै उनीहरुका परिवार र आमा बुबालाई क्यानडामा ल्याउने क्रम बढिरहेकोले उनीहरुलाई यसले ठूलो सहयोग पुग्ने छ ।  नेपाली कन्सल्ट्यान्टहरुले नेपालीहरुलाइनै लक्षित गरि आयोजना गरेको ईमिग्रेसन सम्बन्धि यो पहिलो कार्यक्रम हो ।  यसबाट क्यानडामा बस्ने नेपालीहरु लगायत नेपाल बाट क्यानडा आउन चाहनेहरुका लागि पनि ठूलो सहयोग पुग्ने छ ।

फाेटाेः रामकाजी माेक्तान