नेपाली दुतावास अटवा देखि अन्टारिओ प्रान्त सम्म नेपाली संबिधान दिवश अर्थात ‘नेपाल डे’ मनाईयो ।

Events क्यानडा विशेष

राजु थापा, टोरोन्टो ।

२३ सेप्टम्वर, २०१९

गत साता क्यानडा स्थित नेपाली दुतावास र जिटिएमा रहेका नेपाली समूदायका प्रतिनिधिहरुले नेपालमा चार बर्ष अगाडि लागु गरिएको नेपालको संघिय लोकतान्त्रिक संविधानको अवसर पारेर नेपाल डे मनाएका छन् ।

संबिधान दिबशको अवसरमा आज सेप्टेम्बर २३ तारिख नेपाली दुतावासले अटवाले अटवा नगरपालीका हलमा रात्री भोजको आयोजना गरेका छ । उक्त रात्री भोजमा नेपाली समूदायका सदस्यहरु, बिभिन्न देशका कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु लगायत क्यानेडियन फेडरल सांसदहरुको उपस्थिति रहेको जानकारी अटवा स्थित भानुभक्त आचार्यले एमखवरलाई जानकारी गराउनु भएको छ ।

कार्यक्रममा श्रीमती संगिता ढुंगानाको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाले नेपालमा स्थायी सरकार भएका कारण विदेशीहरु नेपालमा लगानी गर्न ईच्छुक रहेको जनाउनु भएको छ । साथै उहाँले नेपालले संघिय संरचना क्यानडा बाटै सिकेको जनाउदै, नेपाल भनेको हिमाल मात्र नभै यहाँ अन्य प्राकृतिक सुन्दरताका साथै सांकृतिक सुन्दरता बोकेको देश पनि हो भन्दै बि.सं. २०२० मा हुन गैरहेको नेपाल भ्रमण बर्षको सबैले मिलेर सफल पार्न अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रममा नेपाली गितहरुमा प्रशंसा पोखरेल र कृतिषा आचार्यले रोमान्चक नृत्य प्रश्तुति गरेका थिए ।

गत शुक्रबार सेप्टम्वर २० तारिख, अटवा स्थित नेपाली समूदायहरु लगायत बिभिन्न संघ संथाका प्रतिनिधिहरुको सहभागितामा नेपाली दुतावास अटवाले संबिधान दिवशको अबसरमा दुतावासमै बिशेष कार्यक्रम गरि मनाएको थियाे ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै राजदुत भृगु ढुंगानाले नेपाली जनता र बिभिन्न राजनैतिक दलहरुको बलिदान बाट प्राप्त संबिधान बिश्वकै उत्कृष्ठ मध्यको एक रहेको र त्यसले नेपाली जनताको मनोभावना लाई समेट्न सफल भएकोले अझै आउदा दिनहरुमा यसले अझै परिमार्जित रुपमा अगाडी बढ्ने जनाउदै हामि देश बाहिर रहने सबैले त्यसको उन्नति प्रगतिका लागि साथ र सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ । कार्यक्रमको संचालन दुतावास अधिकृत शरद पौडेलले संचालन गर्नु भएको थियो ।

यसै गरि गैरआवासीय नेपाली संघ क्यानडा र मिसिसागा माल्टनका एम पि पि दिपक आनन्दको संयूक्त प्रयासमा Ontario Legislative Assembly भबनको -प्रोग्रेसिभ कन्जर्भेटिभ पार्टिको_ सम्सदिय दलको कार्यलयमा पनि नेपाल डे भब्यताका साथ नेपाली समूदायका सदस्यहरु लगायत बिभिन्न संघ संथाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको छ ।

दुबै कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० को लागि सबै क्षेत्र बाट सहयोग पुर्याई सफल बनाउनु पर्नेमा समेत सहभागिहरुले आआफ्ना धारणा राखेका थिए ।