“म, मेरो एनआरएनए, र मेरो नेपाल” गैरआवासीय नेपाली संघ एनआरएनए को बिश्व सम्मेलन ! नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त बिच प्रतिष्पर्धा हुने पक्का ।

nrn क्यानडा विशेष विश्व समाचार

राजु थापा, एमखवर क्यानडा ।

२६/०९/२०१९

‘नेपाली का लागि नेपाली’ मूल मन्त्र लिएर सन् २००३ मा बिदेशमा बस्ने नेपालीहरुको साझा संथाको रुपमा  गैरआवासीय नेपाली संघ एनआरएनए को स्थापना भएको हो । यसको नवौं बिश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन यहि अक्टोवर १५ देखि १७ तारिख सम्म काठमाडौंमा शुरु हुदैछ । अहिले विश्वभरी करिव ८१ देशमा लाखौं नेपालीहरु रहेका छन् । अहिले आप्रबासि नेपालीहरुको ध्यान हिन्दुहरुको महान चाड दशै तिहार भन्दा पनि काठमाण्डुमा हुने बिश्व सम्मेलन तिर आकर्षित भएको पाइन्छ ।

अब काठमाडौंमा हुने नऔं अधिबेशन मार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि जर्मनीका कुमार पन्तले गत साता २० सेप्टेम्वरमा र बेलायतका कुल आचार्यले २४ सेप्टेम्वर मंगलवारका दिन उम्मेदवारी घोषणा गरेका छन् । पन्तले काठमाडौंमा पत्रकार सम्मेलन गरि घोषणा गरेका छन् भने आचार्यले बेलायतको अल्ड्सट बाट भब्य कार्यक्रम गरि सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नेपालको समृद्धि, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनमा व्यापक सहभागिता गराउने लगायतका २० बुँदे प्रतिवद्धताका साथ आफूले उम्मेदवारी घोषणा गरेको पन्तले जानकारी दिए। उनले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, ब्रिटिश भुपू गोर्खा सैनिकको माग सम्बोधन गर्न पहल गर्ने समेत प्रतिवद्दता जनाए। यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भ्रमण वर्ष २०२० को एजेन्डालाई अघि बढाउने लगायतका प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरि कुल आचार्यले ९ बुँदे प्रतिबद्धता पत्र सहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् साथै उनले एनआरएन सीप विकास केन्द्र स्थापना गर्ने, नेपालको समृद्ध, नेपालमा लगानी, ब्रिटिश गोर्खालाई समान पेन्सन्, भिजन २०२०, सडक सुरक्षा, पत्रकारीता पुरस्कार, दोस्रो पुस्ता लगायतका विषयमा आफुले काम गर्ने जानकारी दिए । साथै एनआरएनएलाई प्रत्येक प्रवासी नेपालीको साझा संस्था बनाउने, गैरआवासीय नेपाली संघलाई सशक्त, समावेशी र गतिशील बनाउने, मध्य पूर्व तथा मलेसियालगायतका देशमा कार्यरत नेपाली दाजु९भाइ तथा दिदी(बहिनीहरुको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षाका साथै मर्यादित र व्यवस्थित वैदेशिक रोजगार सुनिश्चित गर्ने, संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैरआवासीय नेपाली समुदायको चाहनाअनुसार पारित गराउन ठोस भूमिका निर्वाह गर्ने, संसारभरि फैलिएका नेपालीहरुको सीप, क्षमता, आर्थिक तथा बौद्धिक लगानी मातृभूमिमा भित्र्याउन र मातृभूमिको विकास र समृद्धिका लागि नेपाल सरकारसंग निकट सहकार्य गरी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समेत आफ्नो महत्वपूर्ण भूमिका रहने प्रष्ट पारेका छन् ।

अध्यक्षको उम्मेदवारी संगै अन्य पदहरुका लागि पनि सामाजीक संजाल मार्फत घोषणा भैरहेका छन् । ५ उपाध्यक्षहरुका लागि गल्फ क्षेत्रका नरेन्द्र भाट, यूरोप क्षेत्रका अर्जुन कुमार श्रेष्ठ, डा. बद्रि केसी, नाईजेरियाका हिक्मत थापा लगायत थर्क सेन, सोनाम लामा, धर्मराज अधिकारी, मन क्षेत्री, त्रिलोक गुरुगं, किरण विक्रम थापा, महिला उपाध्यक्षमा रन्जु वाग्ले थापा लगायत रहेका छन् ।

महासचिवका लागि अहिले सम्म अमेरिकाका डा. केशव पौडेल, बेल्जीयमकी जानकी गुरुगं, युकेका डा. हेमराज शर्मा, गल्फ क्षेत्रका डिवी (डम्वर बहादुर) क्षेत्रीको बिशेष चर्चा छ ।

कोषाध्यक्षको लागि जापान बाट सुदन थापा र महेश कुमार श्रेष्ठ, युरोपका सोम सापकोटाको अहिले सम्म चर्चा रहेको छ ।

त्यसैगरि यूवा संयोजकमा सुदिप कार्की र स्वतन्त्र प्रताप शाहको चर्चा रहेको छ, भने ग्लोबल महिला संयोजकमा अहिले सम्म युकेकी संचार कर्मी संगिता मरहट्टा, गल्फ क्षेत्रकी भूमा थापा र दक्षिण कोरीयाकी जुनु गुरुगंको सर्वाधिक चर्चा छ ।

यसको अलावा २ सचिव, १ सह कोषाध्यक्ष, ६ क्षेत्रीय संयोजक, १० क्षेत्रीय उप संयोजक, ६ महिला उप संयोजक, ६ क्षेत्रीय युवा संयोजक लगायत सदस्यहरुको प्रतिष्पर्धाका लागि पनि उम्मेदवारी घोषणा भैरहेका छन् ।

उता गैरआवासीय नेपाली संघको बिश्व सम्मेलन तथा अन्तराष्ट्यि महाधिवेशन सम्बन्धि तयारी अन्तिम चरणमा पुगेको जानकारी प्रबक्ता भूषण घिमिरेले जनाएका छन् ।