क्यानडामा रहेका तर नेपाल पर्कनु पर्ने नेपालीहरूलाइ राजदुतावास अटावाकाे सूचना ।

एमखवर न्यूज डेस्क, क्यानडा । काेभिड १९ काे विश्वब्यापी संक्रमणकाे कारण उत्पन्न असहज परिस्थितिमा क्यानडामा रहेका नेपालीहरू जाे नेपाल फर्कनु पर्ने छन् उनीहरूकाे स्वदेश फर्कन सहजीकरण गर्नका लागि नेपाल सरकारकाे आदेश अनुसार जरूरी सूचना सार्वजनिक गरेकाे छ ।

पुरा खबर

कुन देशमा को-को छानिए काउन्सेलर श्रम र सहचारीहरु ?

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर श्रम र श्रम सहचारीहरुको छनोट गरेको छ । मन्त्रालयले दक्षिण कोरीया, कतार र मलेसियाका लागि काउन्सेलर श्रम र यूएई ओमान, मलेसिया, कुवेत र साउदी अरबका लागि श्रम सहचारी छनोट गरेको हो । काउन्सेलर श्रमतर्फ दक्षिण कोरियाका लागि रमा भट्टराई निरौला, कतारका लागि कृष्ण प्रसाद खनाल र […]

पुरा खबर

रुकुम घटनामा बेपत्ता भएका गोविन्द शाहीको दाँत भाँचिएको र टाउको फुटेको अवस्थामा शव फेला

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा १० दिन अघि भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ का १९ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेको छ । यही जेठ १० गते भएको घटना बेपत्ता भएका उनको शव भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शाहीको शवलाई जाजरकोट […]

पुरा खबर

यसकारण दार्चुला पुगे डा. केसी !

दार्चुला, जेठ २० । दार्चुला पुगेका डा गोविन्द केसीले आजदेखि दुई दिने सत्याग्रहमा सुरु गर्ने भएका छन्। सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर केसीले सत्याग्रह सुरु गर्न लागेका हुन्। उनले दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह सुरु गर्न थालेका हुन्। यो उनको १८औं सत्याग्रह हो। यस्ता छन् मागहरुःदार्चुला […]

पुरा खबर

ओलीले भारतीय राजदुत भेट्न गोकुल बाँस्कोटालाई पठाएपछि…..

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमा विवादले अहिले नेपाल –भारतका बीचमा तिक्तता दिनप्रतिदिन बढ्दो छ । भारतले गत कात्तिक १६ मा नेपालको कालापानी क्षेत्रको भूमि समेटेर नक्सा जारी गरेयता दुई देशबीच सम्वन्ध बिग्रदै गएको छ । नेपालले कुटनीतिक तथा राजनीतिक तहमै वार्ताका लागि दुई–दुई पटक सम्म वार्ताका लागि मिति सहित प्रस्ताव ग¥यो । तर […]

पुरा खबर

काठमाडौंमा मध्यराती होटलबाट समातिए अर्वपति ब्यापारीहरु

काठमाडौं, जेठ २० । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका सदस्यहरु पक्राउ परेका छन । प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा झण्डै एक दर्जन ब्यापारीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवा खालबाट पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलगायत […]

पुरा खबर

काठमाडौँ मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना

काठमाडौँ/काठमाडौँ मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ देखि ३२ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। ‘प्राप्त जानकारी अनुसार उनीहरु चारैजना स्वास्थ्यकर्मी हुन्’, नियमित प्रेस ब्रिफिङका क्रममा डा. देवकोटाले मंगलबार भने।

पुरा खबर

विभेद नेपालमा मात्र होइन अमेरिकामा पनि छः गृहमन्त्री बादल

काठमाडौं /गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिम घटना वि भे दबाट निम्तिएको बताएका छन् । उनले हाल विश्याव्यापी रुपमा वि भे द रहेकाले नेपालमा पनि यसको अन्त्य हुन नसकेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री बादलले अमेरिकामा पनि वि भे द रहेको बताउँदै नेपालमा यसको अन्त्य गर्न […]

पुरा खबर

कर बुझाउने सरकारी ताकेताप्रति चेम्बरको आपत्ति, भन्‍यो- विडम्बनापूर्ण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागको कर विवरण एवम् रकम बुझाउने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड -१९ को प्रकोपका कारण विगत ७० दिनदेखि मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवम् व्यावसायिक कारोबार ठप्प भएको अवस्थामा कर बुझाउने म्याद जारी हुनु आफैंमा बिडम्वनापूर्ण रहेको जनाएको छ । चेम्बरले तरलताको अभावले कर्मचारी […]

पुरा खबर

लकडाउनमा कहाँकहाँ परिचालित हुनेछन् सेना ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा सेना परिचालनको प्रस्ताव लैजाने निर्णय गरेपछि संशय उत्पन्न भएको छ । कोरोना व्याधि नियन्त्रणका लागि सरकारको अरू अङ्ग सक्षम हुँदाहुँदै सुरक्षा सङ्कट नै निम्तिएजसरी सेना परिचालन गर्न खोजिएको भन्दै आलोचना पनि भइरहेको छ । कतिपयले सबै कुरा सेनालाई जिम्मा लगाएर नागरिक शासनलाई कमजोर तुल्याउन खोजिएको भन्दै टिप्पणी […]

पुरा खबर