अगष्ट १० शनिवार एनआरएनए क्यानडाको निर्वाचन, निर्बाचन कार्यतालिका सार्वजनिक संगै उम्मेदवारहरु अन्तिम चरणमा मतदाता माझ ।

NRNA क्यानडा विशेष

गैरआवासीय नेपाली संघ क्यानडाको राष्ट्यि अधिबेशन यहि अगष्ट १७ मा हुदै छ । त्यसका लागि यहि १० तारिख शनिवार ८ स्थानको लागि ब्रामटन, मिसिसागा, स्कारब्रो, ब्रिटिस कोलम्बिया र मनिटवा क्षेत्रहरुमा एकै दिन बिहान ८ बजे देखि बेलुकि ७ बजे सम्म मतदान हुदै छ । यस अघिनै ५ सिटमा भने निर्बिरोध निर्बाचित भै सकेका छन् ।

बाँकि ८ सिटका लागि आकांक्षि उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्दै मतदाता माझ पुग्ने  क्रम अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ अहिले बिश्व ब्यापी रुपमा बिस्तार भैसकेको छ र त्यसको नेतृत्व लगायत कार्य समितिमा जान जुनसुकै देशमा तछाड मछाड भएको देखिन्छ । एक त यो बिश्वब्यापी भएकोले यसको क्षेत्र पनि ब्यापक हुदै गैरहदां यसको आकर्षण बढिरहेको हो ।

बिशेष गरि क्यानडाको ब्रामटन, मिसिसागा र स्कारब्रोमा चुनावी माहोल तातेको छ । अझ बिशेषःत ब्रामटन क्षेत्रलाई बढि महत्वका साथ लिईएको छ किनकि, बर्तमान एनआरएनए क्यानडाका उपाध्यक्ष राज कुमार महत भावि अध्यक्षका प्रत्यासी भएकोले पनि यो क्षेत्र लाई महत्वपूर्ण रुपमा लिईएको हो । सरल र नम्र स्वभावका उनी एक सफल ब्यबसायी र ब्यक्तित्व भएका सामाजीक अभियन्ता पनि हुन् । एनआरएनए क्यानडामा देखिएको राजनैनिक बिकृति, सदस्यता बन्नका लागि जटिल प्रकृया अन्त्य लगायत नयाँ भिजनका साथ थुप्रै एजेन्डा लिएर बिजय सुनिश्चितका साथ अगाडि बढिरहेका छन् । ब्रामटन क्षेत्रमा कुल ७१८ मतदाता संख्या रहेका छन् ।

ब्रामटनकै अर्का उम्मेदवार कुन्दन घिमिरे एक आईटि प्रोफेसनका सफल र ईन्टेलिजेन्ट प्राविधिक हुन् जुन एनआरएनएको लागि महत्वपूर्ण जरुरी क्षेत्र पनि हो । उनी पनि राज महतको प्यानल बाट बिजय सुनिश्चित गर्न अगाडि बढिरहेका छन् ।

अर्को तर्फ भने नेत्र दिनेश खतिवडा र पिताम्बर भट्टराई पनि छुट्टै प्यानलको रुपबाट आफ्ना छुट्टै एजेन्डा लिएर युवा पुस्ताको नेतृत्व भन्दै चुनावमा होमिएका छन् । नेत्र दिनेश खतिवडा एनसिएनसिका पूर्व उपाध्यक्ष हुन् भने पिताम्बर भट्टराई पूर्व सचिव ।

मिसिसागा क्षेत्रबाट उम्मेदवार रहेका तुलासिंग भट्टचन जो ब्यक्ति आफ्नो ब्यक्तिगत चिन्ता भन्दा समाज र खेलकुदको बिकाशका लागि लामो समय देखि लाग्दै आईरहेका छन् । यस अघिको निर्वाचनमा झिनो मतले पराजीत भएका उनी यस पटक बाजी मार्नेमा ढुक्क छन् । सबै संग समान र प्रष्ट बक्ताको रुपमा उनलाई लिईन्छ ।

मिसिसागाकै अर्का उम्मेदवार बिरेन्द्र रावत नेपाली समाजमा नयाँ अनुहार भएता पनि छोटो समयमा उनले समाज सेवामा देखाएको सकृयता, उनको क्षमता र उनका भिजन प्रति मतदाताहरु आकर्षित भएको पाईन्छ । उनी पनि बिजय उन्मुख तर्फ अगाडि बढि रहेको देखिन्छ ।  मिसिसागा क्षेत्रमा कुल ४८१ मतदाता संख्या रहेका छन् ।

मिसिसागाकै अर्का उम्मेदवारका रुपमा बिजय पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी पनि सामाजीक अभियन्ता लगायत सफल ब्यवसायिका रुपमा चिनिन्छन् ।

जिटिएकै अर्को चर्चित स्कारब्रो क्षेत्र पनि चुनावी माहोल बाट टाढा छैन । क्यानडा भरि बाटै एक मात्र महिला उम्मेदवार यहि क्षेत्रबाट रश्मी थापा मगर रहेकि छन् । यदि उनको हार भएमा एनआरएनए क्यानडा महिला बिहिन हुने र महिलाको हक अधिकार र आवाज बिहिन हुने भन्दै सामाजीक संजालहरुमा उनकोे बिजय सुनिश्चित भएको आंकलन गरिएको छ । अन्य उम्मेदवारहरुका रुपमा रमेश प्रशाई, उज्वल थापा र फडिन्द्र श्रेष्ठ छन् । स्कारब्रो क्षेत्रमा कुल ३६६ मतदाता संख्या रहेका छन् ।

यसका अलावा ब्रिटिस कोलम्बिया बाट सरद शेरचन, जगदिस कडेल र सुरज बड्तौला चुनावी माहोलमा छन् । ब्रिटिस कोलम्बिया क्षेत्रमा कूल ८३ मतदाता संख्या रहेका छन् । भने मनिटवा क्षेत्रबाट शुशिल दोरगां र बिनोद कट्वाल क्षेत्री चुनावी प्रतिष्पर्धामा रहेका छन् । यहाँकाे कूल मतदाता ८४ रहेकाे छ । यि दुबै क्षेत्रमा आन्तरिक बाहेक बाह्य चुनावी प्रचार प्रशार देखिएको छैन ।

अबको सबैको प्रतिक्षा यहि अगष्ट १० तारिखको निर्वाचन तर्फ आकर्षित भएको पाईन्छ । सबै उम्मेदवारहरुलाई एमखवर डटकमको तर्फबाट बिजयको शुभकामना ।