अदालतभित्रै उत्तर प्रदेश वार काउन्सिल अध्यक्षको वकिलद्वारा गोली हानी हत्या

विश्व समाचार

शेयर गर्नु होस ।

नेपालसँग सीमा जोडिएको भारतकाे उत्तर प्रदेशस्तरीय अदालतभित्र एक वकिलले सहकर्मी वकिलको गोली हानी हत्या गरेका छन्।

दुई दिनअघिमात्र उत्तर प्रदेश वार काउन्सिलको अध्यक्षमा निर्वाचित दरवेश यादवको अर्का वकिल मनिष शर्माले गोली हानी हत्या गरेका हुन्।

दरवेशमाथि बुधबार साँझ अदालत परिसरभित्रै गोली चलाएर हत्या गरेपछि वकिल शर्माले त्यही पिस्तोलबाट आत्महत्या गरेका छन्।

उत्तर प्रदेश वार काउन्सिलकी पहिलो महिला अध्यक्ष दरवेशमाथि वकिल शर्माले ३ राउण्ड गोली प्रहार गरेका थिए। र, लगत्तै आफूले पनि आत्महत्या गरेका थिए।