ओन्टारियोमा ४० बर्ष माथी उमेरका लागि भ्याक्सिन भोली मंगलबार बाट! वालमार्ट फार्मेसीले पनि भ्याक्सिन दिन सुरू गर्ने ।

Breaking क्यानडा विशेष स्वास्थ्य

शेयर गर्नु होस ।

राजु थापा, ओन्टारियो । अप्रिल १९, २०२१ । भोली एप्रिल २० देखि कोभिड संक्रमित बढि भएको क्षेत्रबाट ४० बर्ष माथिका इच्छुक ब्यक्तिहरुलाई तोकिएको स्थान बाट एस्ट्राजेनिका भ्याक्सिन लगाउने भएको छ । उक्त भ्याक्सिन लगाउन चाहनेले अनलाईन मार्फत बुकिंग गर्नु पर्ने छ । त्यसका लागि www.covid-19.ontario.ca क्लिक गर्नु हुन अन्टारियो सरकारले अनुरोध गरेको छ ।

नेपाली समूदायका सदस्यहरुका लागि भ्याक्सिन सम्बन्धि सहयोग आबस्यक परेमा हेल्पिंग ह्यान्डले अप्रिल १७ तारिख शनिवार देखि हेल्पलाईन सुरु गरेको छ । उक्त हेल्पलाईन नं: 226-884-9351 मार्फत नेपाली भाषामा सहयोग गर्ने छ ।

भ्याक्सिन लगाई सकेका नेपाली समूदायका सदस्यहरुको अनुभव तलको भिडियो मार्फत सुन्न सक्नु हुनेछ ।