अन्टिएफ द्धारा १३औ साफका पदक धारी खेलाडीहरुलाई सम्मान ।

खेल नेपाल समाचार

एमखवर नेपाल सम्वाददाता । ७ फेब्रुअरि, २०२१ । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरले तेक्वान्दो लगायत विभिन्न खेलसँग सम्वन्धित खेलाडीहरुलाई सम्मान गरेको छ ।

विदेशमा रहेर नेपाली खेलकुदको विकासको लागि लागिपरेका र्पूव तेक्वान्दोका राष्ट्रिय तथा अन्तराष्ट्यि प्रशिक्षकहरु, र्निणायकहरु लगायत खेलाडिहरुको सक्रियतामा अमेरिकामा गठन गरिएको अन्टिएफ हेडक्वाटरको सक्रियता, सहयोग र निर्देशनमा उक्त अवार्ड र्कायक्रमको आयोजना गरिएको हो ।

च्याप्टरले ६९ जना खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो । नेपालको तेक्वान्दोको विकासमा टेवा पुर्याउने उदेश्य लिएर स्थापना गरिएको अन्टिएफले नगद रुपैयाँ सहित सम्मान गरेको हो ।

सम्माननित हुनेहरुमा १३औँ साफ गेम्समा तेक्वान्दो खेलबाट १२ वटा स्वर्ण, ६ रजत सहित ११ वटा कास्य पदक प्राप्त गर्ने खेलाडीहरुको साथै टिम कोच र मेनेजर सहित स्विमिङका खेलाडी गौरिका सिंह लगायत लाई सम्मान गरेको युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष हरिहर पाण्डेले जानकारी गराएका छन् ।

स्वर्णलाई २५ हजार रुपैयाँ, रजतलाई १५ हजार रुपैयाँ र काश्यलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । भने युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्डबाट ५ जनालाई ३०÷३० हजार रुपैयाँ र १ जना कोचलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

तेक्वान्दोका खेलाडीहरुसँगै अल्ट्रा धावक खेलाडी मीरा राई, उसु र जुडोका खेलाडीहरुलाई यस अघिनै सम्मान गरेको छ ।

सन् २०१५ मा तेक्वान्दोका ग्राण्ड मास्टर राजकुमार राईको अध्यक्षतामा अमेरिकामा स्थापना गरिएको अन्टिएफको शाखा नेपाल लगायत युके, क्यानडा, हगंकंग, मकाउ, अष्ट्रिया देशहरुमा रहेका छन् ।

हाल अन्टिएफका केन्द्रिय अध्यक्षमा नेपाली तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ग्राण्डमास्टर सन्तोष प्रधान र महासचिवमा नेपाली तेक्वान्दोका बरिष्ठ प्रशिक्षक ग्राण्डमास्टर लव प्रशाद गोर्खाली रहेका छन् ।