अन्ततः एनआरएन क्यानडा प्रत्यक्ष निर्वाचन प्रणालीमा जान सहमत, आन्तरिक बिबादका कारण ढुक्क रहने अबस्था भने नरहेको ।

NRNA क्यानडा विशेष प्रवास

एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जीवी घिमिरेको अध्यक्षतामा गत साता सम्पन्न १२औं बोर्ड बैठकले प्रत्यक्ष खुल्ला निर्वाचन प्रणालीमा जाने निर्णय गरेको जानकारीकाे प्रेश बक्तब्य मार्फत सार्वजनीक भएको छ ।

सो प्रणालीका बिषयमा अध्ययनका लागि चन्द्र राईको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको र उक्त समितिलाई प्रतिबेदन बनाउन ४५ दिनको समय दिईएको छ । अन्य सदस्यहरुमा पूर्व एनआरएन क्यानडाका अध्यक्ष नवराज गुरुगं र आजीवन सदस्य केदार बस्नेत लाई राखिएको छ भने अन्य दुई जना पछि राखिने जनाईएको छ । साथै सम्बन्धित क्षेत्रका सदस्यहरुले स्थानिय स्तरमा अन्तरक्रिया गरि राय संकलन समेत गर्ने प्रावधान राखिएको छ । यसरि दुवै माध्यमबाट आएका निष्कर्ष अनुसार निर्वाचन प्रणालीको मोडालिटी बनाइने समेत बोर्डको निर्णयमा उल्लेख गरिएको छ । महासचिव र प्रवक्ता द्धारा हस्ताक्षरीत हिजो प्रकाशित छुट्टाछुट्टै एकै प्रकारका दुई बिज्ञप्तिमा जनाईएको हो ।

एनआरएनए क्यानडा भित्र आन्तरिक बिबाद चुलीदै गएको बिशेष सुत्रबाट एमखवरलाई प्राप्त जानकारी अनुसार संथाले गरेका निर्णयहरु कार्यान्वयन हुनेमा भने संका उत्पन्न भएको छ । यस सम्बन्धमा अध्यक्षको प्रतिकृया भने अहिले सम्म आईसकेको छैन ।