अन्ततः एमाले फुट्यो । संसदको चौथो शक्ति बन्यो माधव नेपालको नेकपा(एस) पार्टि ।।

Breaking नेपाल समाचार राजनीति

शेयर गर्नु होस ।

एमखवर क्यानडा सम्वाददाता, काठमाडौं । अगष्ट २५, २०२१ । संसदको सबैभन्दा ठुलो शक्ति नेकपा एमाले औपचारिक रुपमा विभाजन भएर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजबादी) निर्वाचन आयोगमा बुधवार दर्ता भएको छ ।

यसरी निर्वाचन आयोगमा आधिकारिकता पाएसँगै नवगठित एस पार्टि संसदको चौथो शक्ति बन्ने भएको छ । यससँगै संसदको सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएपनि पहिलो दलको हैसियत भने कायमै रहेको छ । यस्तै दोस्रो ठूलो पार्टी काँग्रेस र माओवादी केन्द्र तेस्रो ठूलो पार्टी कायम छ । यसअघि चौथो हैसियतमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा अब पाँचौ ठूलो दल हुने भएको छ भने आजै आयोगबाट आधिकारिकता पाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छैटौं ठूलो दल बन्ने भएको छ ।

बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ र केहि दिनमै सरकारमा सहभागि हुने पक्का छ ।