अन्तरालः नारायण हरी हरी…मानकाजी श्रेष्ठ ‘जेना’ !

कला साहित्य मनाेरंजन

नारायंण, हरी हरी…………( प्यारोडी कम रिमिक्सः मानकाजी जेना
सर्व प्रथम मेरो परिचयवाटै शुरु गरौंः—
मेरी श्रीमतिलाइ बहिनी भन्नेहरुको लागि म एक आदर्णीय ज्वांइ नारायाण हुं
मेरी श्रीमतिलाइ दिदी भन्नेहरुको लागि म एक आदर्णीय भेना हुं
अरु सबै न लेना न देनाहरुका लागि भने म एक Canadian certified जेना हुं ।
मेरी श्रीमतिजी यहां आएपछि भइन अति ब्यस्त तथा एकदम कामकाजी
म चाहिं वहाको श्रीमान जेना श्री मानकाजी
को यहांहरु सबैलाइ कोभिडे अभिवादन टक¥याउदै १टा Parody cum Remix or Remix cum Parody ले मनोरञ्जन गराउन जांदैछु, तर वश, एक वटा शर्तमा कि , मैले ‘नारायण‘ भनी भट्याउंदा तपाइहरु सबैले ‘हरी हरी‘…..भनि सामुहिक साथ दिनू होला । लौ त शुरु गरी हालुं यही सामुहिक भट्टयाइ वाटै, है त?

नाउं चाहिं हरी, गर्ने मनपरी, लौ भन I’m sorry
हो हो लौ भन I’m sorry लौ भन, बेसरी……..

हे, धेरै साल भो, घुम्दै फिर्दै यो गाउंमा आ’को २
एउटा कुरा भन्छु मैले मेरो मनमा ला’को २
एउटा प्यारोडी गाउंकि हजुर मुगलान तिर भा’को
गाऊंत…. हजुर ? गाउंन त गाऊ……
अन्तरालः नारायण हरी हरी…..


हो…. मजिमदारको नाखेमाइलो भइ सकेछ माइकल २
अम्रिकाको सिटीतिर हांक्दो रै’छ साइकल २
किन साइकल हांक्छ भन्थें, पिज्जाभन्ने ना¨लेरोटी बोक्ने गर्दो रै’छ २
नेपालमा वाउ आमालाइ ठगेर खा’को वानी सम्झी कहिले काही त भित्तामा गएर एक्लै, ढक्रक् ढक्रक् टाउको ठोक्दो रै’छ ……….
अन्तरालः नारायण हरी हरी…..


हो एउटीलाइ त फसायछ, फेसवुक च्याटमा how U doing भन्ंदै २
२ ,४ वर्ष वितायछ भीम उदाशजी को Sunday morning Love U, Monday morning Love U गाउंदै
तर, देख्नाको डाल खानाको काल त्यो मोरीले त्यो माइलाको सिरी खुरी पारी २
आखिरीमा त्यो पु¨मांगे छौंडी पनि रहिछे हजुर ग्रिन कार्ड न भा’की……
अन्तरालः नारायण हरी हरी…..


हे, हाम्री गाउंकी च्यान्टी पनि, अनेक तिकडमगरी अम्रिकामै आइछे २
यहां वस्दा वस्दा क्रिम पाउडर धसेर भएपनि अम्रिकनी जस्ति अलि अलि गोरी गोरी भइछे। २
एकदिन त एउटा कैले खैरे संग ल्कबतिर डिस्को हेर्न गइछे २
के गर्दै होली भनी मैले पनि यसो सुटुक्क हेर्न गा’को त त्यो जगल्टे भुसतिघ्रे संग अंधेरो कुनामा, कोरोना विएर र व्हिस्कीको चुरुकी संग मजाले विफस्टेक खांदै, चुप्प चुप्प म्वाइ खांदै पो रै’छे।
अन्तरालः नारायण हरी हरी…..


हे, ग्रीनकार्डको चक्करमा च्यान्टी तेतै पोइल गइछे २
पोइल गा’को ७ मैनामै १टा घुतुमुने झयाप्ले छोरो पाइछे २
झयाप्ले भुइमा खस्नासाथै भन्यो — Hi, daddy, mummy
अंग्रेजीमा भटभटाउन थाल्यो झयाप्ले मोराले त खार्नु खा¥यो १२ खरी
अन्तरालः नारायण हरी हरी…..

यो प्यारोडी कम रिमिक्स सुन्नेलाइ सुनकोमाला, म भट्टयाउनेलाइ फूलको माला, फेरी भट्टयाउने वेला खुरु खुरु आइजाला, मनपरे पनि नपरेपनि गाली हैन ताली चाहिं मजाले बजाइ दिनूहोला। धन्यवाद ।