अन्तर्राष्ट्रिय महिला दिवस २०२१ कॊ अवसरमा सीमाविहिन सहयॊगी हातहरू क्यानाडाकॊ आयोजनामा “भविष्यमा आप्रवासी नेपाली महिला-अवसर तथा चुनौतीहरू” बिषयक अन्तरकृया हुदै ।

क्यानडा विशेष

शेयर गर्नु होस ।

टोरन्टो 
आगामी आइतबार ७ मार्च अन्तर्राष्ट्रिय महिला दिवस २०२१ कॊ अवसरमा सीमाविहिन सहयॊगी हातहरू क्यानाडाले एक भर्चुअल अन्तरकृयाको आयोजना गर्दै छ। क्यानडामा विभिन्न भौगॊलिक र पेशागत क्षेत्रमा कार्यरत महिलाहरूलाई एक ठाउमा भेला गरी सिमान्त्कृत महिलाका रूपमा वहाँहरूले कॊभिड–१९ अघि र त्यसपछि भोग्नु परेका चुनौती तथा सम्भावनाहरूका सम्बन्धमा अन्तरकृयामा छलफल हुने छ।

एकअर्काका आशा र प्रॊत्साहनका कथाहरू सुनेर हामी आप्रवासी महिलाहरूले कसरी एक अर्काबाट सिक्न सक्छौं र सहयोग गर्न सक्छौं भन्ने सम्बन्धमा समेत गहिरो बिमर्श गरिने छ।समाजमा एकअर्काको बीचमा आपसी समन्वय गरि के कसरी सहयोगका हातहरु बढाउन सकिन्छ र महिलाको स्तरलाई माथि उठाउनका लागि कसरी आवाज बुलन्द गर्न सकिन्छ भन्नेमा पनि छलफल केन्द्रित हुने छ। छलफलमा क्यानडाका विभिन्न शहरहरुमा बसि फरकफरक बिषयमा बिज्ञता हासिल गर्नु भएका इन्जिनियर मोनिका मरहठ्ठा ढुंगाना , प्रोफेसर डाक्टर सोनि थापा, मानव सम्धाधन बिज्ञ कल्पना ढकाल र सामाजिक कार्यकर्ता सिर्जना महत ले आफ्नो आफ्नो क्षेत्र र पेशामा आयका चुनौती र अबसरका अनुभवहरु पनि सुनाउनु हुने छ।

कार्यक्रम मे ७ २०२१ बिहान ११ बजे देखी १ बजेसम्मको तय गरिए छ भने  हेल्पिग हेन्ड क्यानडाका बोर्ड अफ डाइरेक्टर द्वय निरुपमा शर्मा, गुयल्फ तथा सबिता पौडेल,क्यालगरिले संयुक्त रुपमा संचालन गर्र्ने छन।