अब तँलाइ प्युनु कसरी ? तँ बिना ज्युनु कसरी

मनाेरंजन

अरे: तँ “हिमालयन”!
तँ मुलाङ्ग पनि बडो अजिब छ्स् यार!
तेरो दोस्ती पनि कम्वख्त !
तेरो दुश्मनी पनि कम्वख्त !

तँलाई प्युनुको मजा बेग्लै हुन्थ्यो,
साले, तेरो थोपडा मात्र देख्दा पनि,
मन प्रफुल्ल हुन्थ्यो,

अब तँलाई प्युनु कसरी…?
तँ बिना ज्युनु कसरी…?

अब मैले मदिरालयमा
छालाको रुप र मासुको स्वरुप
भएकी माल्दिदीसङ्ग कुन मुखडाले अर्डर गरौं ?

माल्दिदी,
“एक पेग हिमालयन” ल्याउ भन्न पनि
अब ठुलै क्रान्ति गर्नुपर्ने बनाइस तैँले

अब हरेक मदिरालयमा
हिमालयन लिएर बस्ने
म जस्ता “फुच्ची”का नामुद दिवानाहरुको
आशिकाना समेत लिलाम गरिस् !

अब तँलाई प्युनु कसरी…?
तँ बिना ज्युनु कसरी…?

“फुच्ची” पछि तैँ त थिस साथी मेरो
साले,
महरामै गएर तँलाई किन लाग्नुपरेको…?
आधारात सम्म किन जाग्नुपरेको…?
इतिहास देखि हरेक रक्सिका बोतलमा
आ-आफ्ना प्रेमिका झल्किन्थे,
साले, अब त हरेक बोतलमा
तैलेँ महरा झल्काउने भैस!

अब तँलाई प्युनु कसरी…?
तँ बिना ज्युनु कसरी…?

अबे यार मुलाङ्ग हिमालयन,
तँलाई रक्सिहरुको “सभामुख”
पद चाहिकै थियो त, साले,
लोकतान्त्रिक पद्धति लिएको भए हुन्थ्यो
जड्याहाहरुमा निर्वाचन गराको भए हुन्थ्यो
तर तँ कमिनाले
गुरिल्ला शैलिमा अलोकतान्त्रिक
बाटो अप्नाएर रक्सिको सत्ता नै हडप्नु पर्थ्यो त…?

हरेक साझ मैले दिलमा “फुच्ची”

गिलासमा तँलाई राखेर अब ‘म
प्युन कहाँ जाँउ…?

धन्न सितनको बदनाम चै गरिनछस,
त्यसैले मैले जहिल्यै
बुङ्गुरको बोसोयुक्त सेकुवा अर्डर फर्माउथेँ!

मेरो दोस्त हिमालयन ,
तेरो जिन्दगी पनि स्त्री” लम्पट छ यार!
तेरो हरेक पेगमा नसा त थियो नै
तर दोस्त तँ आफैं नसेवान कसरी भैस् …?

अब तँलाई प्युनु कसरी…?
तँ बिना ज्युनु कसरी…?