अभिनेत्री मनीषा कोईरालाको भारतमा चर्को बिरोध

नेपाल समाचार मनाेरंजन

एमखबर डेस्क, क्यानाडा। २० मे २०२०।

नेपाल भारत बीचको सिमा बिबादलाई लिएर अभिनेत्री मनीषा कोईरालामाथी भारतीय मिडिया खनिन थालेको छ। 

नेपाल भारतको सिमा विवादमा मनीषाले नेपालको पक्ष लिएको र दुई देश बीचको विवादमा चीनलाई समेत एउटा पक्ष मानेर त्रि-पक्षिय बार्ताको कुरा उठाएको भन्दै उनलाई भारतको सीता खाएर चिनको गीता गाएको आरोप भारतीय संचार माध्यमहरुले लगाउन थालेका छ्न्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ट्विटलाई रिट्विट गर्दै नयाँ नक्सा प्रकासन गर्ने नेपाल सरकारको निर्णयलाई मनीषाले प्रशंसा गरेकी थिइन्। र आफ्नो ट्विट मार्फत उनले नेपाल, भारत र चीन बीच त्रि-पक्षिय शान्तिपूर्ण र सम्मानजनक बार्ता मार्फत सिमा बिबाद समाधान गर्न सुझाएकी थिइन्।

भारतीय संचार माध्यम जी न्युज, एबिपी न्युज लगायतका मिडियाले उनको खेदो खन्न थालेका छ्न् र भारतीय फिल्म उद्योगबाट नाम र दाम कमाएकी तर अहिले नेपाल भारत बीचको सिमा विवादमा चीनको ईशारामा अभिनय गरेको गम्भीर आरोप उनी माथी लगाईरहेका छन्।