अमेरिकन चलचित्रमा काम गर्दै स्वस्तिमा र केकी

मनाेरंजन

काठमाडौं । अमेरिकन चलचित्रमा नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले काम गर्ने भएका छन् । अमेरिकन चलचित्रमा काम गर्ने निश्चित भए पनि उनीहरुले साइन भने गरिसकेका छैनन् ।

उनीहरुले भुटानी शरणार्थीको रोलमा काम गर्ने स्वस्तिमाले बताइन् । चलचित्रको नाम र मेकर भने उनले भन्न चाहिनन् ।

“अडिसन मागेपछि टेप पठाएको थिएँ । पोजेटिभ रेस्पोन्स आएको छ,” स्वस्तिमा भन्छिन्, “तर कहिलेबाट चलचित्र छायांकन हुन्छ भन्ने अमेरिकाको अहिलेको अवस्थाले गर्दा निश्चित छैन ।”

दुई महिना अगाडि लिइएको अडिसनमा स्वस्तिमा र आफू दुबै छनोट भएको केकी बताउँछिन् । यसबारे विस्तृत बोल्न उनले पनि चाहिनन् ।

स्रोतका अनुसार चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा छिन् भने उनको दिदीको भूमिकामा केकी छिन् ।