अमेरिकाबाट फर्किन चाहेका पाँचसय नेपालीको नाम परराष्ट्रमा

नेपाल समाचार

अमेरिका । कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण गर्न गरिएको लकडाउनका कारण नेपाल फर्किन नपाएका अमेरिकास्थित नेपाली नागरिकहरुको नाम परराष्ट्र मन्त्रालयमा पुगेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले पहिलो चरणमा ५ सय जना नेपालीहरुको नाम पठाएको जानकारी बाह्रखरीलाई दिए ।

“नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाटद कुन एजेन्सीबाट वा कुन एयरलाइन्सबाट नेपालीहरु पठाउने भनेर विस्तृत योजना आउन बाँकी नै छ,” राजदूत कार्कीले भने, “एक दुई दिन भित्रै यो विषयमा सम्बोधन हुने अपेक्षा गरेका छौं । ” फर्केर जान कोभिड १९ का कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक तथा पीआर होल्डरलाई अमेरिकाले पटक पटक विमान चार्टर गरेर अमेरिका ल्याइसकेको छ ।