अमेरिकामा कोराना विरुद्धको खोप परीक्षण नतिजा सकारात्मक, सब ठीक भए जनवरीसम्ममा बजारमा ल्याउन सकिने

Breaking विश्व समाचार स्वास्थ्य

काठमाडौं, जेठ ६ गते (१९ मे, २०२०) । कोरोना भाइरस विरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ ।
मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड १९ खोपको परीक्षणको प्रारम्भिक परीणाम सकारात्मक देखिएको सीएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने सो कम्पनीले जनवरीको शुरु तिर आम उपभोक्ता समक्ष उक्त खोप ल्याउन सक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
यो प्रारम्भिक परीणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो संख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । सो परीक्षण परिणामलाई अमेरिकाको नेशनल इष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकिल जर्नलमा प्रकाशित गरेको हो ।
सो खोप विकासमा लागेको म्यासाच्युसेटको क्याम्ब्रिजमा रहेको मोडिरिना कम्पनी विश्वमा कोभिड १९ विरुद्धको खोप निर्माणमा लागेका आठ कम्पनी मध्येको एक हो ।
सो कम्पनीले दार्जनौं व्यक्तिलाई उक्त खोप लगाएको र त्यस मध्ये आठ जनामा एन्टिबडी मापन गरिएकोमा आठै जनामा भाइरसले पैदा गर्ने एन्टिबडीलाई कोराना संक्रमणबाट निको भएका व्यक्तिको शरीरमा रहेको एन्टिबडीको स्तरमा रहने गरी निश्क्रिय बनाएको पाइएको थियो । यो सफलतालाई वैज्ञानिकहरुले ठूलो कामको सज्ञा दिएका छन् । (समाचार साभारः गाेरखापत्र अनलाइन।)