अमेरिकामा रहेका नेपाली घर फर्कदैँ !

नेपाल समाचार प्रवास

एमखबर डेस्क,क्यानाडा। कोरोनाको कारण सम्पुर्ण उडान अबरुद्ध भएकाले नेपाल फर्कन नपाएर उतै अड्किएका नेपालीहरु अन्ततः घर फर्कन पाउने भएका छन्।

अमेरिकामा रहेको नेपाली दूतावासले यही असार ९ र ११ गते अर्थात् जुन २३ र २५ तारीखका दिन २-२ वटाका दरले ४ वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ ।

त्यसरी नेपाली बोकेर आउने टर्किस र कतार एअरवेजका विमानहरुले अमेरिकाको सिकागो, वासिङ्टटन डिसि, न्युयोर्क र डल्लास शहरहरुबाट उडान भर्ने भएका छन्।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार नेपाल पठाइने दूतावासले जनाएको छ ।