‘अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ’ अमेरिकी विदेशमन्त्री एन्टोनी

विश्व समाचार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउनु एको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षा जस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्णरूपमा संलग्न रहेको उहाँले बताउनुभएको हो ।
बीबीसीलाई भएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनु भएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नुभएको समाचारमा जनाइएको छ ।
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनुभएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।