अमेरिकी घटना “प्रजातन्त्रमाथिको हमला” – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ! अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको जितलाई प्रमाणित !! ट्रम्प समर्थक ४ जनाको मृत्यु !!!

Breaking राजनीति विश्व समाचार

अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ। संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ। संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै ज्यानुअरी २० मा शान्तिपूर्ण हस्तान्तरणु हुने बताए पनि निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोडेका छैनन्।

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूले व्यापक निन्दा गरेका छन्ः क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजो भएको अमेरिकी घटनालाई प्रजातन्त्रमाथिको हमला भन्दै त्यसबाट क्यानेडियालीहरू विक्षिप्त भएको बताएका छन् । त्यसैगरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो, न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्न लगायतले घटनालाइ आआफ्नो हिसाबले निन्दा र दुख ब्यक्त गरेका छन् ।

संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । बराक ओबामा: इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन्। यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ। विल क्लिन्टन: जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छ। जर्ज डब्ल्यु बुस: चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक अस्थिर राजनीतिक व्यवस्था मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन। यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो। संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्न नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ भने फेसबुकल् २४ घन्टाको प्रतिबन्ध लगाएको छ । राजधानि वासिंगटन डिसीमा १५ दिनको लागि सार्वजनीक आपतकालीन घोषणा गरिएको छ ।

तस्विरः Getty Images