अमेरिकी निर्वाचन २०२०ः कोभिड १९ को बाबजुद मतदान केन्द्रहरुमा मतदाताहरुको उल्लेख्य चहलपहल ।

Breaking विश्व समाचार

आज नोभेम्बर ३ तारिखका दिन बिश्वको महासक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति छनौटका लागि मतदान हुदैछ । चुनावमा यसअघि नै नौ करोड ९० लाख मतदाताहरुले अग्रिम मतदान गरिसकेका छन् । महामारीका बीच अहिले सम्मकै उच्च पाईएको अग्रिम मतदानबीच अमेरिकामा एक शताब्दीभन्दा बढी समय पछि सबैभन्दा धेरै मत खस्ने आंकलन भईरहेको छ ।

राष्ट्रव्यापी जनमत सर्वेक्षणहरुले डेमोक््रयाटिक उम्मेदवार जो बाइडनले उल्लेख्य अन्तरले अग्रता लिएको देखाउछ, तर उक्त प्रतिस्पर्धामा राष्ट्रपति निर्वाचित हुनका लागि केही मुख्य अमेरिकी राज्यहरूमा चुनाव जित्नु आवश्यक मानिन्छ।  थप चार बर्ष अमेरिकाको नेतृत्व गर्न खोजीरहेका डोनल्ड ट्रम्पले यदि चुनाव हारेमा उनी सन् १९९२ मा जर्ज एचडब्ल्यू बुश पछिको पुनर्निर्वाचन हार्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन्।  आज भैरहेको मतदानको नतिजा एक साता भित्र आउने आंकलन गरिएको छ ।