अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा “डब्लूएचओ” माथी गम्भीर आरोप !

Breaking विश्व समाचार

मदन बस्नेत, टाेराेन्टाे । ९ मे, २०२० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई चीनको कठपुतभएको गम्भीर आरोप लगाएका छ्न् र अब छिट्टै उसबारे घोषणा गर्ने कडा चेतावनी पनि दिएका छन्।

ट्रम्पले डब्लूएचओले चीनका सबै कामलाई ठीक भन्ने गरेको र चीनको पक्ष लिएर अमेरिका र अन्य देशलाई गलत सुझाव दिएको भन्दै डब्लूएचओसंग रुष्ट भएका हुन्।

फक्स न्युजसंगको शुक्रवारको अन्तर्वार्ताका क्रममा ट्रम्पले डब्लूएचओलाई दिँदैआएको अनुदानबारे निर्णय गर्ने पनि बताए ।

ट्रम्पले यसअघि पनि डब्लूएचओमाथि यस्तै आरोप लगाएका थिए। र, उसले चीनका लागि काम गरिरहेको बताएका थिए। हरेक वर्ष डब्लूएचओलाई ५०० मिलियन डलर दिँदैआएको अमेरिकाले ट्रम्पको चेतावनीसँगै रोक्न सक्ने आंकलन गरिएको छ ।