असल राजनेताको परिचय दिदैं राहुल गान्धीले दिए अध्यक्ष पदबाट राजीनामा

विश्व समाचार

शेयर गर्नु होस ।

भर्खरै सम्पन्न निर्वाचनमा लजास्पद हार व्यहोरेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन् । गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन् ।

लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाइएको थियो । बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए । तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका हुन् । राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको भनेका छन् । भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ ।

राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् । कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको हो । उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो ।

यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ । राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेठीबाट पराजित भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि तीन प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन् । कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका हुन् । यत्ता कंग्रेसका राष्ट्रिय प्रवत्ता राजदीप सुरजेवालालाले भने राजीनामा दिएको खबर गलत्त भएको बताएका छन् ।

यी हुन् भारतमा काँग्रेस पराजय हुनुका ८ कारण !

भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ। चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ। सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

१.नकारात्मक राजनीतिमा रमायो कंग्रेस

कंग्रेस सुरुदेखि नै नकारात्मक राजनीतिमा रमायो । आफ्नो नेतृत्वमा कंग्रेसले मोदीलाई एउटा ‘अयोग्य चौकीदार’को रूपमा चित्रित गर्न खोज्यो।हरेक भाषणमा राहुलले ‘चौकीदार चोर हो’ भन्दै मोदीले ठूला व्यापारी र उद्योगपतिको मुकुन्डो लगाएर सामान्य मानिसको जीवनस्तर सुधार्ने पूर्ववत् प्रतिबद्धता पूरा गर्न विफल भएको आरोप लगाए ।

तर, चलाख मोदीले मेंभी चौकीदार अर्थात् ‘म पनि चौकीदार हुँ’ भन्ने अभियान सुरु गरे, जुन अभियान यति प्रभावकारी बन्यो कि अहिले आधाभन्दा बढी भारतीयको ओठमा यो नारा गुन्जिन्छ।सन् २०१४ को आमनिर्वाचनमा विफल भएपछि राहुलले आफ्नो पार्टीलाई शक्तिशाली बनाउन जुन प्रयत्न गर्नुपर्थ्यो, त्यो गर्न नसकेको देखिन्छ । त्यसो त राहुलले आफूलाई परिवर्तन नगरेका होइनन् ।

यसअघि नयाँदिल्लीस्थित एक आवासमा उच्च वर्गका मानिससँगको हिमचिम बढाउने, मोदीलाई टक्कर दिन देशलाई जिम्मेवार विपक्षी नेता आवश्यक परेको समयमा बिदामा विदेशमा रमाउने आरोप खेपेका राहुलले धरातलीय राजनीतिमा आउन निकै प्रयास गरेका थिए, तर उनको प्रयास सफल हुन सकेन ।

२. तल्लो तहका जनतासँग पुगेन

कंग्रेसले मोदीलाई व्यक्तिगत रूपमा भ्रष्ट नेता बताउँदै आएको थियो । गत वर्ष फ्रान्ससँग ३६ वटा लडाकु विमान खरिदमा सरकारले करोडौं भ्रष्टाचार गरेको प्रमुख विपक्षी दललगायत भारतीय सञ्चार माध्यमले आरोप लगाए । चुनावको पूर्वसन्ध्यामा भएको यस राफेल काण्डबारे कंग्रेसले तल्लो तहका जनतालाई बुझाउन सकेन ।

३.जनताले पत्याएनन् कंग्रेसको आश्वासन

निर्वाचन अभियानमा कंग्रेसले आफ्नो पार्टीले चुनाव जितेमा गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारलाई मासिक ८० डलर दिने घोषणा गर्‍यो, तर यो चुनावी रणनीतिले ग्रामीण समुदायका मतदातालाई खासै आकर्षित गर्न सकेन। बरु भाजपाको योजना चोरेको कंग्रेसमाथि आरोप लाग्यो।

४.गठबन्धन गर्न सकेन

विज्ञहरूका अनुसार निर्वाचनमा कंग्रेसको पराजय र भाजपाको विजय हुनुको मुख्य कारण प्रमुख राष्ट्रिय तथा क्षेत्रीय दलसँगको गठबन्धनको अभाव पनि हो।

५.पश्चिम बंगालमा भाजपाको रणनीति

भाजपालाई पश्चिम बंगालमा काउन्टर दिन कंग्रेस आफैं शक्तिशाली होइन। पश्चिम बंगालमा भाजपाको मुख्य प्रतिस्पर्धी ममता बेनर्जी नेतृत्वको त्रिणमूल कंग्रेस ९टिएमसी० थियो ।

यस राज्यमा भाजपाले केबल एउटा विषयमा प्रचार अभियान थाल्यो– बंगलादेशी आप्रवासीको खतरा । गैरकानुनी रूपमा बंगलादेशबाट पश्चिम बंगालमा आप्रवासीको घुसपैठ हुनुमा बेनर्जीको मुख्य हात रहेको भाजपाले आरोप लगायो ।

६. मतदाताको मुड बुझेन कंग्रेसले

चुनावमा प्रचार अभियानले महत्वपूर्ण भूमिका खेल्छ । कंग्रेस पदाधिकारीले पार्टी आन्तरिक रूपमा विफल भएको भन्दै उच्च नेतृत्वको आलोचना गरिरहेका वेला चुनावी अभियान सुरु भएको थियो।

कंग्रेसका लागि चुनावको समय नै अनुकूल थिएन । राष्ट्रपति शैलीको चुनावी प्रचारमा जुटेका मोदीको अभियानबाट मन्त्रमुग्ध भएका सडकका मतदाताको मुड चिन्न नसक्दा कंग्रेसले दोस्रोपटक पराजय चाखेको विज्ञहरू बताउँछन्।

७. मोदीको राष्ट्रवादी नारासामु कंग्रेस फितलो

भाजपा निर्वाचनमा पुनः विजयी हुनुमा सो पार्टीको अति राष्ट्रवादी नारा र पाकिस्तानविरुद्धको आक्रमणले पनि सहयोग गरेको देखिन्छ। निर्वाचनको पूर्वसन्ध्यामा मोदी नेतृत्वको सरकारले पाकिस्तानविरुद्ध हवाई हमला गरेको थियो, जुन चुनावी रणनीति मात्र थियो।

मोदीले राष्ट्रवादी नारा घन्काइरहँदा कंग्रेसलगायत प्रमुख विपक्षीले जनताको मुख्य चासो सुन्नुको सट्टा मोदीको सर्जिकल आक्रमणलाई काउन्टर दिन बढी समय खर्चे, जसको परिणाम प्रत्युत्पादक बन्यो।

८. वंश राजनीतिप्रति मोहभंग

निर्वाचनको पूर्वसन्ध्यामा राहुलकी बहिनी प्रियंका गान्धी राजनीतिमा होमिने घोषणा गरिन् । राहुलले प्रियंकालाई पार्टी महासचिवमा नियुक्त गरे । नेहरू वंशकी पछिल्ली पुस्ता प्रियंकाको पार्टी प्रवेशले कंग्रेसलाई राहत दिने धेरै अपेक्षा थियो, तर परिणाम सुखद नरहेको निर्वाचन नतिजाले देखाएको छ। परिवारवादमा कंग्रेस चलेको आरोप खेपिरहेका वेला प्रियंकाको पार्टी प्रवेशले कंग्रेस कार्यकर्तामा चरम असन्तुष्टि बढेको थियो।

जहाँ मृत्युपछि पनि राजीव गान्धीले चुनाव जितेका थिए

भारतस्थित उत्तर प्रदेशको अमेठी संसदीय क्षेत्र भारतीय सत्ताको यस्तो एउटा उपकेन्द्र हो जहाँको भेटको शक्तिले प्रधानमन्त्री जन्माएको छ । अमेठी, नेहरू–गान्धी परिवारको परम्परागत चुनाव क्षेत्र बन्दै आएको छ । यहाँको विरासत, गान्धी परिवारकै वरिपरि घुम्दै आएको छ । यसपाली अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धी चुनाव लडे । तर उठ्न सकेनन् । राहुललाई केन्द्रीय मन्त्री, टीभी कलाकार स्मृति ईरानीले पछारिन् ।

नेहरू गान्धी परिवारसँग जोडिएकै कारण पनि अमेठीसँग राजनीतिका थुप्रै कथा जोडिएको छ । तीमध्येको एउटा सत्य कथा १९९१ को चुनावसँग जोडिएको छ । ती उम्मेदवारले आफ्नो चुनाव जित्ने त निश्चित थियो, तर जीतको उत्सव मनाउनका लागि उपस्थित हुन पाएनन् । चुनावको नतीजा घोषित हुनु केही दिन अघिमात्र उनको हत्या भएको थियो । उनको नाम राजीव गान्धी थियो । त्यो वर्ष १९९१ को थियो । दशौं लोकसभाको गठनका लागि चुनाव घोषणा भइसकेको थियो । अनि पूर्व प्रधानमंत्री इंदिरा गान्धीका पुत्र राजीवा गान्धी आफ्नो परम्परागत सीट अमेठीबाट चुनाव लड्दैथिए ।

चन्द्रशेखरले १९९१ को मार्चमा राजीनामा दिइसकेका थिए । भारतमा साम्प्रदायिक धुव्रीकरण र जातीय गोलबन्दी चरम अबस्थामा थियो । भारतीय जनता पार्टीको अगुवाइमा राम मन्दिरको आन्दोलन उछालेको थियो । भारत जातीय और धार्मिक गोलबन्दीको भूमरीमा थियो ।

यस्तो विषम परिस्थितिमा लोकसभा चुनाव हुँदैथियो । मतदानको पहिलो चरण २० मे मा भएको थियो । पहिलो चरणकमा २११ सीटमा मतदान भयो । कूल ५३४ निर्वाचन क्षेत्रका लागि मतदान हुने थियो । पहिलो चरणको मतदान सकिएको भोलिपल्ट राजीव गान्धी चुनाव प्रचारका लागि गएको बेला, चेन्नईबाट ४० किलोमिटर परको श्रीपेरुन्बदूरमा श्रीलंकाली पृथकताबादी समूह लिट्टेको आतंकबादी निशानमा परे । पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई माला लगाइ दिने बहानामा लिट्टले आत्मघाती बम हमला गरेर हत्या गर्याे ।

यो दर्दनाक घटनाले पुरै भारत सन्नाटा छायो । यो अप्रत्याशित घटनापछि चुनाव स्थगित भयो । अन्तमा १२ र १५ मेको वीचमा बाँकी ३२३ सीटका लागि चुनाव भयो । यो चुनावको नतीजा पनि मन छुने खालको रह्यो ।

जुन क्षेत्रमा राजीव गान्धीको हत्या भएको थियो, त्यहाँ कांग्रेसको हालत गिर्दो अबस्थामा थियो । तर गान्धीको हत्या भएपछि जहाँ मतदान भयो, त्यहाँ कांग्रेको पक्षमा जबरजस्त सहानुभूति देखियो ।

कूल खसेको मतमध्ये राजीव गान्धीको पक्षमा ५३ प्रतिशत आयो । गान्धी आफ्नो निर्वाचन क्षेत्र अमेठीबाट मरणोपरान्त विजयी घोषित भए । भारतीय चुनाव आयोगका अनुसार उनले त्यो बेला अमेठीबाट १ लाख ८७ हजार १३८ भोट पाए । उनले कुल खसेको मतमध्ये ५३ दशमलब २३ प्रतिशत मत पाएका थिए ।

दोश्रो स्थानका बीजेपी रविन्द्र प्रतापले, ७५ हजार ५३ भोट पाएका थिए । चुनाव आयोगले गान्धीलाई १ लाख १२ हजार ८५ भोटको अन्तरले विजयी भएको घोषणा ग-यो । यो चुनावमा कांग्रेसलले २३२ सीट जित्यो । पछि चुनाव गराइएको पंजाबको १२ सीट पनि सबै कांग्रसले जित्यो । अर्थात् कांग्रेको कूल संख्या २४४ भयो ।

राजीव गान्धीको हत्यापछि नरसिम्हा राव कांग्रेस संसदीय दलका नेता चनिए । संसदीय दलको नेता बनेपछि नरसिम्हा रावले सानासाना दलको समर्थन लिएर कांग्रेसकै सरकार बनाउने दाबी पेश गरे । रावको दाबी राष्ट्रपतिले स्वीकार गरे । उनकै नेतृत्वमा अल्पमतको सरकार पुरै पाँच वर्ष टिक्यो । गान्धीले चुनाव लडेको अमेठीको उपचुनावमा कांग्रेसबाट टिकट पाएका क्याप्टेन सतीश शर्माले चुनाव जिते ।

राहुलको राजिनामा लुकाउँन सोनियाँको चलखेल

भारतीय काग्रेसआइले लोकसभा निर्वाचनमा लज्जासपद पराजय बेहोरे पछि पार्टीका अध्यक्ष राहुल गान्धिले पदबाट राजिनामा दिएका छन् । राहुलले सोनिया गान्धिलाई राजिनामा बुझाएको दावी सहित भारतीय टेलिभिजन च्यानल इण्डिया टीभीले समाचार प्रसारण गरेपछि यस विषयले अहिले भारत भर व्यापक चर्चा पाएको छ ।

राहुलको राजिनामाको विषयमा विभिन्न चर्चा चलिरहँदा स्वयम सोनिया गान्धिले राहुलको राजिनामा लुकाउँन खोजेको समेत चर्चा चलेको छ । लोकसभा चुनावमा हार स्वीकार गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसँगै अध्यक्ष पदबाट राजिनामा दिएको खबर बाहिरिएको छ ।

भारतीय टेलिभिजन च्यानल, इन्डिया टीभीुले स्रोतको हवाला दिँदै राहुलले सोनिया गान्धीलाई राजिनामा बुझाएको समाचार सम्प्रेषण गरेको छ । सोनियाले राहुललाई अहिल्यै राजिनामा नदिन आग्रह गरेकी थिइन् ।

तर राहुलले राजिनामा दिएको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । स्वयं राहुलले मिडियालाई आफूले राजिनामा दिएको बताएका छैनन् । ‘यो मेरो र सीडब्ल्युसी (कांग्रेस वार्किङ कमिटी) बीचको कुरा हो,’ राहुलले भने ।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका राहुलले केरलामा भने चुनाव जितेका छन् ।अमेठीमा पूरा मतपरिणाम आउनु अघि नै आफ्नो प्रतिद्वन्द्वी भाजपाकी स्मृता इरानीसँग हार स्वीकार गरेका गरेका थिए।