अस्ट्रेलियामा तीनवटा आँखा भएको सर्प भेटियो

विविध

अस्ट्रेलियामा तीनवटा आँखा भएको सर्प भेटिएको छ।उत्तर अस्ट्रेलियाको राजमार्गमा तीनवटा आँखा भएको अजिंगर सर्प भेटिएको हो।
अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले यस सर्पबारे जानकारी दिएको हो।यस अनौठो सर्पको फोटो सार्वजनिक भएपछि विश्वभर यस फोटो भाइरल बनेको छ।यस सर्पको दुई आँखा प्राकृतिक रुपकै छन्। अर्को आँखा भने टाउकोमाथि छ।

१५ इन्च लामो यस सर्प कमजोर भएको बताइएको छ। एक आँखामाथि भएकाले यस सर्पले आँखा बचाउने प्रयास गरिरहन्छ।

वैज्ञानिकहरुले तीनवटा आँखा भएको सर्प पहिलोपटक देखिएको बताएका छन्। यसअघि २ वटा टाउको भएको सर्पको अस्तित्व भने पत्ता लागेको थियो। एजेन्सी