अस्पतालबाट निस्किएर ट्रम्प समर्थक माझ ।

Breaking विश्व समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको वाल्टर रिड मेडिकल सेन्टर मेरिल्यान्ड अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्।

आफूले ‘आश्चर्यजनक भ्रमण’ गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए।

Photo: Reuters

महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए।

यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए।

डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो।