आइपिएल अक्सनमा बिकेनन् सन्दीप लामिछाने

खेल नेपाल समाचार

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा ‘अनसोल्ड’ भएका छन् । बिहीबार चेन्नइमा भएको आइपिएलको अक्सनमा उनी ४० लाख (भारतीय रुपैयाँ) मा उपलब्ध थिए । तर कुनै पनि टोलीले उनलाई भित्र्याउन चाहेनन् ।

योसँगै सन्दीपले आगामी संस्करणको आइपिएल खेल्न नपाउने भएका हुन् । सन्दीपले २०१८ मा पहिलो पटक दिल्लीमा आवद्ध भइ आइपिएल खेलेका थिए । उनलाई २० लाख भारतीय रुपैयाँमा दिल्लीले भित्र्याएको थियो ।

सन्दीपले आइपिएलको तीन तीन संस्करणमा ९ खेल खेल्दै १३ विकेट लिएका छन् । सन् २०२० को आइपिएलमा उनी पुरै समय बेञ्चमा बसेका थिए ।