आईपीएल : दिल्लीको रोमाञ्चक जित, सन्दीपको उत्कृष्ट बलिङ

खेल

घटना र विचार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित भएका छ । सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको हो । शनिबार राति कोटला मैदान दिल्लीमा भएको खेलमा कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको हो ।

दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन को लक्ष्य पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८५ नै रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले प्रस्तुत गरेको ११ रनको लक्ष्य पछ्याउन नसक्दा कोलकाता पराजित भएको हो ।

सुपर ओभरमा ११ रनको लक्ष्य पाएको कोलकताले ७ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा दिल्लीले १० रन बनाएको थियो । दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ९९ रन बनाए । उनले ५४ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै ९९ रनको योगदान गरेका थिए । त्यसैगरी श्रेयस लेयरले ३१ बलमा २ छक्का र चार चौकाको मद्दतले ४३ रनको योगदान गरे । शिखर धवन १६ रन, रिसभ पन्त ११ रन, कोलिन इन्ग्राम १० र हनुमा बिहारी २ रन बनाए ।

त्यस्तै, बलिङतर्फ दिल्लीका हर्सल पटेलले दुई विकेट लिए भने सन्दीप लामिछाने, अमित मिश्र, क्रिस मोरिस, कजिसो रबडाले समान एक‍(एक विकेट लिए । यसअघि दिल्लीको निम्तोमा पहिले ब्याटिङ गरेको कलकत्ताले २० ओभर पूरै खेल्दै ८ विकेटको नोक्सानीमा एक सय ८५ रनको बनाएको थियो ।

कोलकाताका लागि आन्द्रे रसलले २८ बलमा ६ छक्का र ४ छक्काको मद्दतले सर्वाधिक ६२ रनको अर्धसतकीय योगदान दिँदा कप्तान दिनेश कार्तिकले पनि ५० रनको अर्धसतकीय पारी खेलेका थिए । त्यस्तै कलकत्ताका ओपन क्रिस लेनले २० रन र पुयुष चावलाले १२ रन बनाएका थिए ।

सन्दीपको उत्कृष्ट बलिङ

नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले जारी सिजनको आइपिएलमा उत्कृष्ट सुरुवात गरेका छन् । इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले सन्दीपले कोलकाताविरुद्ध ४ ओभर बलि‌‌ङ गर्दै २९ रन खर्चेर १ विकेट लिए ।

पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो । चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिएका थिए । उनले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले ६ रन खर्चे । उनले आफ्नो दोस्रो ओभरमा निकै दवावमा रहेका नाईकलाई एलबीडब्लू आउट गरे ।

आफ्नो तेस्रो ओभरमा उनले शुभ्मन गिललाई रनआउट गराए । उनले ३ ओभर सकिसक्दा मात्र १२ रन खर्चेर १ विकेटको अवस्थामा थिए ।

१२ औं ओभरमा दिनेश कार्तिकलाई सुरुवाती दुई बल डट गराएपनि तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे । चौथो बलमा एक रन लिएपछि रुसेल स्ट्राइकमा आए । रुसेलले पाँचौ बलमा सन्दीपलाई मिड विकेट बाउन्ड्रीमाथि छक्का प्रहार गरेपछि अन्तिम बलमा पनि छक्का प्रहार गर्न सफल रहे ।