आज एकैदिन थप ३२ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ४३४

नेपाल समाचार स्वास्थ्य

बुटवल । नेपालमा आज एकैदिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा ६ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो ।

आज नै बाँकेमा ६, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी दिएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन्।