आज एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोरोना अपडेट नेपाल समाचार स्वास्थ्य

शेयर गर्नु होस ।

चीनको बुहानबाट फैलिएको कोरोनाभाइरसले बिस्वलाई नै आ’तंकित बनाईरहेको बेला नेपाल पनि यस बाट अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको पनि असर दिन दिने बढ्दै गैरहेको छ । शनिबार एकैदिन ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । blood pressure त्यस्तै ३६ जना उपचारपछि घर फर्किएका छन् ।

शनिबार महोत्तरी, काभ्रे, कपिलवस्तु, बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै बर्दियाकी २८ वर्षीया महिला, सिरहा सखुवाका ३० वर्षीय पुरुष, वीरगञ्ज नगरपालिकाका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया युवतीमा शनिबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानी रहेकाे पनि मन्त्रालयले जनाएको छ ।