आज बिपि जयन्ती: कांगेस बिपि चिन्तन छाडेर श्राद्द गर्दैछ !

क्यानडा विशेष नेपाल समाचार

शेयर गर्नु होस ।

एम खबर डेस्क, क्यानाडा। २१ जुलाई २०२०।

३८ वर्ष अघि आजकै दिन अर्थात् २०३९ साल साउन ६ गते नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको भौतिक शरीर अवसान भएको हो। त्यसैले सम्पूर्ण प्रजातन्त्रबादीहरुले आजको दिनमा वहाँको विचार र योगदानको कदर गर्दै वहाँलाई सम्झने गर्दछ्न्।

गाउँको विकास नभएसम्म समग्र नेपालको विकास हुँदैन भन्ने मान्यता राख्ने र सिंहदरबारमा किसानको तस्वीर राखेर योजना बनाउन जोड दिने जननायक वीपी कोइराला गाउँको विकास नभएसम्म समग्र नेपालको विकास हुँदैन भन्ने मान्यता राख्नु हुन्थ्यो। त्यसैले वहाँको तस्बिरमा दुई चार फुलका थुँदा चढाएर वा श्रद्धाञ्जलीका कोरा शब्दहरु बर्बराएर होईन, वहॉको विकास निर्माणको अवधारणा अनुसार अघि बढ्न सके मात्र वास्तविक रुपमा उहॉप्रति श्रद्धान्जली दिएको ठहर्नेछ।  

वहाँ कै नाम, सिद्धान्त र योगदानलाई भजाएर कांग्रेस पटक पटक सत्तामा त पुग्यो तर वहाँले छाडेर जानु भएको समुन्नत नेपाल निर्माणको सपना भने कहिल्यै पूरा गर्न सकेन। हरेक बर्ष वहाँको माहाप्रस्थानको आजको दिन कांग्रेसले बिपिको पुरानो फोटोमा माला झुण्ड्याउने र श्रद्धाञ्जलीका नाममा भाषणबाजी गरेरै मात्र आफ्नो औपचारिकता पूरा भएको ठान्ने गरेको छ। बिपिको चिन्तन र प्रोत्साहनको हिजो जति महत्वको थियो, आज त्यो अझ बढी सत्य र सान्दर्भिक बन्दै गएको छ। तर बिडम्बना कांग्रेस बिपिको चिन्तन र प्रोत्साहनको बाटोमा हिड्न छाडेर उनको श्राद्दमै रमाउन थालेको छ।