आज मे १२ अर्थात विश्व नर्सिङ दिवस !

क्यानडा विशेष

एम खबर डेस्क, क्यानाडा। आज मे १२ अर्थात विश्व नर्सिङ दिवस। यतिखेर पुरै विश्व कोरोनाभाइरस (कोभिड १९) को महामारीको चपेटामा छ । लाखौं मानिस संक्रमित भईरहेका छ्न् भने दुई लाख भन्दा बढिले ज्यान गुमाइसकेको दुखदायी स्थिति छ।

समाजलाई यो संक्रमणबाट मुक्त बनाउन र समाजलाई कोरोना मुक्त तुल्याउन अहिले डाक्टर, नर्स लगायतका सम्पुर्ण  स्वास्थ्यकर्मीहरु आफ्नो स्वास्थको परवाह नगरिकन जोखिम मोलेर कोरोनाभाइरस विरुद्धको मोर्चामा अग्रपंक्तिमा रहेर अहोरात्र खटिरहनु भएको छ।

त्यसैले आजको विश्व नर्सिङ दिवसको उपलक्ष्यमा “फ्रन्ट लाईन वर्कर्स” नर्स लगायत सम्पूर्ण स्वास्थकर्मीहरु प्रती एम खबर मिडिया हार्दिक आभार प्रकट गर्दछ।