आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीहरुको उत्साहजनक प्रदर्शन, नेपाल आर्मि अग्रस्थानमा

NRNA क्यानडा विशेष खेल

आठौँ  राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएको एनआरएनएले ४०० मिटर पौडीका दोर्जे नथम शेर्पाले स्वर्ण जित्दै पदक संख्या ३ पुर्याएको छ ।

यस्तै प्रतियोगितामा करातेको ६८ केजीमा एनआरएनए खेलाडी तथा मकाउ एनआरएनए एनसिसीका अध्यक्ष शान्ति अधिकारीले काँस्य पदक जितेकी हुन् । यसअघि एनआरएनए क्यानडा बाट पहिलो पटक सहभागी भएकी कराँते खेलाडी शुभद्रा श्रेष्ठ ले रजत पदक प्राप्त गर्न सफल भएकि छन् ।

सोमबार सम्मको पदक तालिका अनुसार त्रिभुवन आर्मी क्लब ८७ स्वर्ण, ५५ रजत र ४४ काँस्य पदक सहित शिर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरी, नेपाल ए पी एफ क्लब ३५स्वर्ण, ३६ रजत र ४४ काँस्य पदक सहित दोस्रो र ३३ स्वर्ण, ३३ रजत र ३२ काँस्य पदक सहित नेपाल पुलिस कलब तेस्रो स्थानमा रहेका छन् ।