आध्यात्मिक ज्ञान जगाउने जीवन विज्ञानको कार्यक्रम स्वसंवाद आउदों साता बाट सुरु ।

community Events विविध

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । मे १२, २०२१ । आफै भित्रको ‘म’ संग संवाद गर्ने विज्ञान जीवन विज्ञान यहि आउदो मे १६ देखि २४ तारिख सम्म हेल्पिंग ह्यान्ड क्यानडाको संयोजनमा जुम माध्यम द्धारा हुदै छ । नेपाली समय विहान ६ः१५ र क्यानडाकाे ओन्टारियो समय बेलुकी ८ः३० बजे देखि १० बजे सम्म हुदै छ ।

जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा, सत्य एवं सूत्रहरूलाई विभिन्न साधना तथा जीवन व्यवस्थापन कार्यक्रमहरुद्वारा सरल एवं सहज ढंबाट जीवनमा उतार्न सिकाइने, प्रत्येक मनुष्यभित्र बीजरूपमा रहेको दिव्यता र कार्यकौशलले भरिएको सम्भावनालाई पूर्णरूपमा उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य रहेको जीवन विज्ञानका कार्यक्रमहरू व्यवहारिक तथा प्रयोगात्मक रहेको र यिनले मानव जीवनको समग्र विकासमा प्रत्यक्ष सहयोग पु¥याउने छ ।

आफ्नो जीवनलाई गहन ध्यान एवं साधनाको माध्यमबाट विकसित बनाउन चाहनेहरुका लागि जीवन विज्ञानले विशिष्ठ साधनामुखी कार्यक्रमहरु प्रदान गर्ने आयोजकले जनाएको छ । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजन बाट तयार गरिएको छ । जीवन विज्ञानका कार्यक्रमहरू व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएको र यसले मानव जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्दछन् । सहभागिहरुले छोटो अवधिमा चक्र विज्ञान, बोध विज्ञान, लय विज्ञान, मौन रहस्य विज्ञान, सत् विज्ञान, ज्योति विज्ञान, विराट विज्ञान, स्वयम्भू विज्ञान, आकाश विज्ञान, अमृत विज्ञान लगायतका साधानहरु प्राप्त गर्न सफल हुनेछन् ।

संघ संथाहरुका लागि आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशिलता, सुमधुर सम्वन्ध एवं चौतर्फि विकासको सम्भावनाहरुलाई उजागर गर्ने विभिन्न प्रकार र समयावधिका तालिम कार्यक्रमहरु उपलब्ध हुनेछन् ।

जीवन विज्ञानका कार्यक्रमहरूले जनमानसमा नयाँ चेतनाको सञ्चार गर्नुका साथै समग्र जीवनलाई  व्यवस्थित, सौहार्दपूर्ण, शान्त एवं स्वाभिमानी नागरिकको निर्माणमा प्रत्यक्ष सहयोग पु¥याइरहेको यसको प्रभावकारिताले देखाएको छ ।

श्रद्धेय सद्गुरुवरद्धय रमेश नेपाल र एल पि भानु शर्माको प्रत्यक्ष सान्निध्यमा कार्यक्रम हुदै छ । कार्यक्रको संयोजन हेल्पिंग ह्यान्ड क्यानडाले गर्दै छ । मे १६ देखि २४ तारिख सम्म संचालन हुने कार्यक्रममा सहभागि हुन चाहने ब्यक्तिहरुले तल दिएको लिंक मार्फत नाम दर्ता गर्नु पर्ने हुन्छ । https://jvusa.org/event_registeration/swasamvaad.php