‘आमा’ कबिता – रेखा सापकाेटा

कला साहित्य मनाेरंजन

कबिताः

१ जुन घरमा आमा छन्, त्यो घरमा सन्तान भोका कहाँ हुन्छनर
झरी बतास चर्को घामले , तिनको सिर कहाँ छुन्छनर
आमाको भार तिर्न सक्न येहा, कुन सन्तानमा गुण छनर
सुर्यलाइ उजलो प्रताप फर्काउने  , कुन यस्तो जुन छनर

२ दुख्दा सानो घाउ यता, चर्कन्छ उता आमाको छाती
निस्वथाले संसार चल्दछ भनि , सिकाउने आमा जाति
आमाको काख सिरानी बन्दछ ,जोरो आएमा राती  
कुनै नाता सम्बन्ध छनर , आमा भन्दा माथि

३ शिक्षित अशिक्षित सबै आमा  , सन्तानलाई पहिलो अक्षेर  लेखाउछिन
 मानव चोला श्रेष्ट  धर्तीमा  भन्दै, छोड्नु  कृति अर्तिले बाटो देखाउछिन
टेक्ने लॊरो होला नहोला बुढेसकालमा , ताते ताते भन्दै प्रथम पाइलो टेकाउछिन
 मायाको साहारा कर्मले छाहारी दिदै,  द्रुस्टजन्बाट छेकाउछिन  

४  सन्तानकै लागि, सुख दुख सहने बानी पर्दछ गर्वै बाट
अनुसासित सभ्य नागरिक बनाउन,  कहिले काहिँ गर्दछिन  डाट
छटपटि र पिडामा पनि कहिल्येइ ,भन्दिनन कर्म रोकी मसंगै समय काट
जसले स्वागत गर्यो उसकै बिदाइमा, सन्तान जान सक्दैनन् सम्म घाट

५ सारा जनले  बडण गरि नसक्ने तिम्रो माया  कस्त्यो
तिम्रो नाम उचार्णमनै हुन्छ, आत्मा पबित्र जिब्रोमा सरस्वतीको बास  जस्त्यो
कुन राष्ट्र, भाषा, धर्म, सस्कृतिले बनौन सक्छ आमा सब्द  सस्त्यो
कोटी कोटी नमन गर्दछु, सम्पुण जगतका आमालाई म यस्त्यो


रेखा किरण पौडेल
क्यानाडा