आर्जेन्टिनाका बिश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनः

Breaking खेल

शेयर गर्नु होस ।

बिश्व फुटबलका अहिले सम्मकै एक महान चर्चित खेलाडी डियगो म्याराडोनाको ज ६० बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

उनी सन् १९८२ को बिश्वकप फुटबलबाट चर्चित बनेका थिए । त्यसबेला उनी २१ बर्षका थिए भने सन् १९८६ मा अर्जेन्टिनाले बिश्वकप जित्दा क्याप्टेन थिए । आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।

सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिए। व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।

आर्जेन्टिनाका राष्ट्पति अर्बेर्टो फेर्नान्डेशले तीन दिनको राष्ट्यि शोकको घोषणा गरेका छन् । साथै उनले भनेका छन्ः “तिमिले हामीलाई विश्वको उच्च तहमा पुरायौ, हामीलाई निकै खुशी दियौ । हामीले सधै तिमिलाई सम्झिरहने छौ ।” 

उनको निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ। ब्राजिलका ख्यातिप्राप्त खेलाडी पेलेले टुइटमा लेखेका छन्ः, “कस्तो दुखद खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमाउनु पर्यो ।

यहि महिना उनको मस्तिष्कको शल्यक्रिया पनि गरिएको थियो ।