आर्थर गन: अमेरिकन आईडलको शीर्ष ७ मा

नेपाल समाचार विश्व समाचार

एम खबर डेस्क, क्यानाडा। ११ मे, २०२० । अमेरिकाको चर्चित रियालिटी शो “अमेरिकन आइडल ” मा नेपालका युवा गायक दिवेश पोख्रेल अर्थात् “आर्थर गन” शीर्ष ७ मा पुग्न सफल भएका छन् ।

आइतबारको श्रृङ्खलामा प्रतिस्पर्धीहरुलाई दुइवटा गीत गाउन लगाइएको थियो जसमा एउटा गीत आमालाई समर्पित गर्नुपर्ने थियो । 

त्यस क्रममा उनले एनिमेटेड चलचित्र “द लिटल मर्मेड” को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको “किस द गर्ल” बोलको गीत गाएका थिए।

त्यसै गरी उत्कृष्ट सातमा पर्ने क्रममा उनले आफ्नो आमालाई समर्पित गरेर ‘हे मा’ बोलको गीत पनि प्रस्तुत गरेका थिए।

दिवेशको प्रस्तुतिपछि निर्णायकहरु लायोनल रिची, केटी पेरी र लुक ब्रायनले उनको गायनको प्रशंसा गरेका थिए ।