इटालिले जित्याे युराेकप २०२०, इगंल्यान्डकाे बिचल्लि ।

Breaking खेल विश्व समाचार

शेयर गर्नु होस ।

इटलीले युरोपको सबैभन्दा ठूलो प्रतियोगिता ‘युरो कप २०२०’ जित्दै इतिहास रचेको छ।

निर्धारित समयको १-१ गोलको बराबरी र त्यसपछिको अतिरिक्त समय छिचोल्दै भएको टाई ब्रेकरमा इटलीले इङ्ग्ल्यान्डलाई ३-२ ले पराजित गरेको हो।

विश्वासपूर्ण अनुमान, तनाव र आफू अनुकूलको माहोलमा इङ्गलिस समर्थकहरूको मन तब पीडामा बदलियो जब बुकायो साकाको आइतवार रातिको अन्तिम पेनाल्टीलाई इटलीका गोलकिपर जियानलुगी डोनारुमाले आत्मविश्वासका साथ रोकिदिए।

सन् १९६८ पछि इटलीले दोस्रो पटक युरो कप जितेको छ। साथै टोलीको अपराजित खेल यात्राको सङ्ख्या पनि ३४ पुगेको छ।