उत्तर काेरीयामा सामान्य चाेरीकाे सजाय पनि मृत्युदण्ड

विश्व समाचार

उत्तर कोरिया सरकारले सार्वजनिक रूपमा सर्वसाधारणलाई मृत्युदण्ड दिन प्रयोगमा ल्याएका तीन सयभन्दा बढी स्थानको पहिचान गरिएको दाबी एक गैरसरकारी संस्थाले गरेको छ।

दक्षिण कोरियाली संस्था ‘ट्रान्जिसनल जिस्टस वर्किङ ग्रुपले उक्त दाबी गरेको हो।

संस्थाले प्रतिवेदन सार्वजनिक गर्दै ४ वर्षको अवधिमा ६ सय १० उत्तर कोरियाली भगौडासँग अन्तर्वार्तापछि ३ सय १८ स्थान पहिचान भएको जनाएको हो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

प्रतिवेदनमा दक्षिण कोरियाली टेलिभिजन हेरेको तथा गाई चोरेको आरोपमा पनि मानिसलाई मृत्युदण्ड दिइएको दाबी छ।