उर्लाबारीका पत्रकार खड्कालाई मार्ने धम्की

नेपाल समाचार

पत्रकार तेजन खड्कालाई सामाजिक सन्जाल मार्फत ज्यान मार्ने धम्की आएको छ । ybf kont नाम गरेको फेसबुक आइडिबाट घाँ टी का ट्ने सम्मको ध म्की आएको हो ।

तेरो घाटि चाडैं छिन्छ, पख मा….. ने त जहाँ भए नि सेभ छैनस म्यासेजमा लेखिएको छ, तेरो टाउको छि नाल्छु, … जि मेरो यो च्यालेन्ज भयो।

म्याजेस आएसगै पत्रकार तेजनले प्रहरी प्रशासन सामु सत्य तथ्य छानबिनका लागि उजुरी दर्ता गराएका छन्। पत्रकार खड्काले कस्ले र किन यस्तो हर्कत गर्यो अनबीज्ञ रहेको बताए ।

सत्य तथ्य समाचार लेख्दा गा ली गलौज आकै हो, तर मा र्छु भनेर चाहिँ पहिलो यस्तो ध म्की आयो, खड्काले भने, पछाडिबाट हैन अगाडि आउ फेस गर्न तयार छु ।

यसैबिच खड्कालाई यस्तो ध म्कि आएपछि उर्लाबारी अग्रज पत्रकार केदार चौहानको अगुवाईमा सन्चार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किसोर श्रेष्ठ सन्तोस बिष्ट लगायत प्रहरी प्रसाशन पुग्दै उजुरी दिएका छन् । पत्रकार चौहानले भने, समाचारमा चित नबुझे कानुनी कारबाही खोज्नु, तर यस्तो धम्की दिन पाइदैन ।

उर्लाबारीका प्रहरी प्रमुख सुबास राइले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले ध म्की दिने व्यक्तिको तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई पत्रकार तेजन खड्कालाई भयरहित वातावरणमा पत्रकारिता गर्ने व्यवस्था मिलाउन स्थानिय प्रसासनसँग माग गरेका छन्।