गजल

रबिन्द्र लम्साल, टोरोन्टो
जाउँला भन्थ्यौ सँगँसगैँ, एकलै गयौ त प्यारी
एकै झल्को देख्नै नपाई, बिरानि भयौ त प्यारी
कस्तो रोग लाग्यो कठै, बाटो छे के भेँटु भन्दा
पोल्यो होला छाति कति, कसरी सह्यौ त प्यारी
बिरानै थियो ठाउँ पनि, बिराना सबै वरिपरि
परायको साथथ्यो कस्तो, कसरी रह्यौ त प्यारी
सम्झि हौलि आँफन्तजन, रोयौ कति सम्झि घर
आँशु झार्दै मनको क़हर, कोसँग कह्यौ त प्यारी
“आमा कैले आउँनुहुन्छ”, भन्दै सोध्छन छोराछोरी
कस्तो पिडा भा’छ भनऊँ, मुटुनै लयौ त प्यारी
जुनतारा अँध्यारा छन, अँध्यारो छ आँगनि नै
सबै शुन्य तिमि बिना, खैकाहाँ गयौ त प्यारी !
(यो वियोगान्त रचना कसैको पनि जीवन घटनाहरूसँग मेल नखाओस भन्ने कामना सहित)