एक्सरे गर्न गएकी महिलालाई स्वास्थ्यकर्मीले नाङ्गै बनाएपछि…

स्वास्थ्य

धनगढी/ अस्पतालमा छातीको एक्सरे गर्न गएकी एक महिलालाई ना ङगै बनाएर एक्सरे गर्ने एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

दाङको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई ना,ङ्गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा ना,ङ्गै बनाएको भन्दै उजुरी दिएका थिए। उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर ना,ङ्गै बनाएको उजुरीमा उल्लेख भएको खड्काले बताए।