एतिहासिक बहुमतका साथ दिपक दत्त गौतम अध्यक्षमा निर्वाचित

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

आज सम्पन्न निर्वाचनमा एन आर एन ए क्यानडाको अध्यक्षमा एेतिहासिक बहुमतका साथ दिपक दत्त गौतम निर्वाचित भएका छन्, गौतमले १४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी गोपाल भन्डारीले ५ मत प्राप्त गरेका छन।

दिपक गौतमलाई असफल पार्नको लागी अनेक हर्कतहरु प्रयोग भएता पनि उक्तहर्कतहरुले कुनै काम गर्न सकेनन दिपकलाई गत अगस्ट ३१ तारिखमा सम्पन्न निर्वाचनमा समेत हराउनको लागि विभिन्न असफल हर्कतहरु योजनाबध्ह्ररुपमा चलेका भएता पनि ऊनी सबैलाई चकमा दिदै भारी मतले बिजय हुन सफल भए भएका थिए ।

नयां कार्य समितिको महासचिवमा अनुप सुबेदी, सचिवमा राजेन्द्र पोखरेल निर्वाचित भएका छन भने उपाध्यक्ष र आइसिसिका लागि कुनै प्रतिस्पर्धा नै भएन। बिधानको नयाँ ब्यबस्था अनुरुप चेयर मेनमा सम्राट थापा निर्वाचित भएका छन् । निर्बिरोध हुने उपाध्यक्ष्यमा शैलेन्द्र चापागाई , सङिता जिसि, दिपक सापकोटा र कृष्ण न्यौपाने छन् भने कोषाध्यक्ष्यमा यम खत्री छन । आज सम्पन्न १४ औ वार्षिक साधारण सभाले गौतमको अध्यक्षमा १९ सदस्यिय कार्य समिति चयन गरेको हो ।