एनआरएनएको भबनमा ठगिएका हौ, एनआरएनए आईसिसि उपाध्यक्ष पन्त । क्यानडा तथा नेपालको सम्बन्ध प्रगाढमा काम गर्ने, राजदुत ढुंगाना ।

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगाना तथा श्रीमती ढुंगानाकाे स्वागत तथा एनआरएनए आईसिसिका प्रथम उपाध्यक्ष कुमार पन्त संगको अन्तरकृया कार्यक्रम जुन २२मा टोरोन्टोमा सम्पन्न भएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समितिका प्रथम उपाध्यक्षले एनआरएनएले गरेका कार्य र भाबि कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो । उहांले सरकारको हरेक नियम कानुन पालना र प्रकृया पुरा गरेर खरिद गरेको जग्गामा एनआरएनए ठगिएको प्रष्ट पार्नु भएको छ । तर त्यसमा आबस्यक परेमा सरकारले सम्पूर्ण लगानी सहित फिर्ता गर्ने प्रतिबद्धता जनाएको समेत प्रष्ट पार्नु भएको छ । एनआरएनएहरुको दोहोरो नागरिकताका सम्बन्धमा छिट्टै सरकारले सकारात्मक रुपबाट कानुनमा उल्लेख गर्ने समेत जानकारी गराउनु भएको छ । नेपालको बिकाश, रोजगारी र लगानीमा एनआरएनएहरुको ठूलो लगानी रहेकोले त्यसको निरन्तरता, सुरक्षाका साथै अझै लगानी बृद्धि गर्न सरकार गम्भिर रहेको जानकारी पाएको बताउनु भएको छ । 

कार्यक्रममा केहि समय अघि मात्र क्यानडाका लागि नेपाली राजदुतका रुपमा आफ्नो कार्यभार सम्हाल्नु भएका महामहिम भृगु ढंगाना तथा श्रीमती ढुंगानाकाे स्वागत समेत गरिएको थियो । कार्यक्रममा राजदुत ढुंगानाले आफुलाई नेपाल सरकारले सरकारको प्रतिनिधिका रुपमा क्यानडा संगको सम्बन्ध सुधारका बिबिध पक्षमा काम गर्न जिम्मेवारी दिएर पठाएकोले आफुले सोही अनुरुप क्यानडामा रहेका नेपाली दाजु भाई दिदि बहिनीहरु लगायत संग संगठनहरुको समन्वयमा अगाढि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा बाग्लुंग सेवा समाज र हिमालयन भाईब्सले नेपाली पन्चे बाजा लगायत नेपाली सांगेतिक धुनको रोमान्चक प्रस्तुति गरेका थिए ।

एनआरएनए क्यानडाका उपाध्यक्ष राजकुमार महतले उपस्थित सबैलाई स्वागत मन्तब्य राख्ने क्रममा आसन्न एनआरएनएको अधिबेशनमा सहभागिताको लागि राखिएको सदस्यता प्रकृयाका बारेमा आफ्ना भनाई राख्दै त्यसले सबैमा डरत्रास उत्पन्न गराएको तर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संथाका प्रतिनिधिहरुले आआफ्ना धारणा राखेका थिए । एनआरएनए क्यानडाका महासचिव चिरण घिमिरेले संचालन गरेको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिशेष गरि जिटिए भित्र बसोबास गर्ने नेपालीहरु लगायत बिभिन्न संघ संथाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भिडियो फुटेजः खाध्य बैज्ञानीक नारायण घिमिरेको फेसबुक लाईभ ।

फोटोः फेसबुक