एनआरएनए अमेरिकाजको ‘रिजनल नलेज कन्भेन्सन’ सेप्टेम्बर ४ बाट सुरु हुँदै !

NRNA क्यानडा विशेष प्रवास

शेयर गर्नु होस ।

एम खबर न्युज डेस्क, क्यानाडा। २ सेप्टेम्बर २०२०। विदेशमा बसोबास गर्ने नेपाली मूलका विज्ञहरुको ज्ञान, अनुभव र विद्वताको पहिचान गर्ने र नेपाल सरकारको नीति निर्माणमा उपयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको एनआरएनए अमेरिकाजको ‘रिजनल नलेज कन्भेन्सन’ सेप्टेम्बर ४ देखि ६ सम्म भर्चुअल रुपमा संचालन हुने भएको छ।

‘रिजनल नलेज कन्भेन्सन’ सेप्टेम्बर ४ देखि ६ सम्म

गत जून २० र २१ मा गर्ने भनिएको ‘रिजनल नलेज कन्भेन्सन’ कोभिड-१९ महामारीका कारण स्थगित गर्नु परेको थियो। बिगतमा झैँ यसपटक सामुहिक रूपमा  भेला हुन र छलफल चलाउन संभब नभएपछी कन्फरेन्स भर्चुअल रुपमा नै संचालन गर्न लागिएको हो।  कन्भेन्सनको सम्पूर्ण तयारी पूरा भैइसकेको र कन्भेन्सनमा प्रस्तुत गरिने कार्यपत्रहरुको तयारी पनि पूरा भइसकेको जनाइएको छ।

विभिन्न फरक क्षेत्र र विधाका नेपाली विज्ञहरुको सहभागिता रहने उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहने जानकारी आयोजक समितिले जनाएको छ। 

त्यसै गरि सेप्टेम्बर ५ तारीख शनिबारका दिन हुन गईरहेको एनआरएन क्यानडा आयोजक रहेको “प्रवासी भाषा साहित्यको बिकास र बिस्तार” विषयक छलफल कार्यक्रममा सहभागिताकोलागि आव्हान गरिएको छ। उक्त कार्यक्रममा साहित्यकार प्रा.डा. नारायणप्रसाद अधिकारी, डा. गोबिन्दसिंह रावत, मुक्ती गौतम, डा. प्राज्ञ अमर गिरी, प्रा. प्राज्ञ मुकुन्दशरण उपाध्याय, एनआरएनए संरक्षक एवं पूर्व अध्यक्ष जिवा लामिछाने सहभागी रहनु हुनेछ। उक्त कार्यक्रमको संचालन लेखक एवं साहित्यकार तथा एनआरएनए आईसिसी सदस्य, क्षेत्रीय सम्मेलन कोअर्डिनेटर गोपीकृष्ण काफ्लेले गर्नु हुनेछ।

“प्रवासी भाषा साहित्यको बिकास र बिस्तार”

त्यस्तै गरी सोही दिनको अर्को सेसन अन्तर्गत नेपाल सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको प्रमुख आतिथ्यमा “च्यालेन्ज एण्ड ईफोर्ट टू प्रमोट एजुकेसनल एण्ड हेल्थ एेक्टिभिटिज इन दिस पेन्ड्यामिक सिचुएसन” नामक बिचार गोष्ठीमा उपस्थितिकोलागि अनुरोध गरिएको छ। उक्त कार्यक्रममा डा. विशाल ज्ञवाली, डा.रुद्र अर्याल, एनआरएन अस्ट्रेलियाका भाईस प्रेसिडेन्ट मन केसी, एनआरएनए क्यानाडाका प्रबक्ता नेत्र (दिनेश) खतिवडाको उपस्थिति रहने छ भने कार्यक्रमको संचालन एनआरएनए क्यानाडाका महासचिव पिताम्बर भट्टराईले गर्नु हुनेछ।

उक्त कार्यक्रमहरूमा उपस्थित हुन ईच्छुकहरुले अग्रिम नाम दर्ता गर्न बिशेष अनुरोध गरिएको छ। नाम दर्ता निशुल्क रहेको आयोजक समितिले जनाएको छ।