एनआरएनए अमेरिकाज पार्षदको पहिलो बैठक सम्पन्न: भारतीय अतिक्रमणको बिरोध !

NRNA प्रवास

एमखबर न्यूज डेस्क, क्यानाडा। १२ मे, २०२० । गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरुको भर्खरै सम्पन्न पहिलो बैठकले नेपाली भूमि माथि भारतले गरेको अतिक्रमणको बिरोध गरेको छ।

अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) राजन त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले भारतले नेपालको लिपुलेक हुँदै चीन सम्मको नेपाली भूमी मिचेर निर्माण गरेको राजमार्गको बिरोध गर्दै बिदेश स्थित राजदुतावसहरुमा अनलाइन पिटिशन गर्ने राय ब्यक्त गरेको छ।

त्यसको साथसाथै कोरोना भाईरसका कारण उत्पन्न समस्या र त्यसको असरलाई न्यूनीकरण गर्न र नेपाली समाज र समुदायलाई के कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि बृहत छलफल गरेको समाचार छ।

त्यसैगरी स्वदेश फिर्ता जान चाहने नेपालीहरुको बिषयमा त्यसको  संभाब्यता, सान्दर्भिकता र संस्थागत अन्य गतिबिधिका कुराहरुमा बैठकले गहन छलफल गरेको बताइएको छ।

बैठकमा  संघका सचिव गौरी जोशीले कोभिड राहत बितरण, संस्थाका अन्य गतिबिधि र नेपाल सरकारसंगको समन्वयका बारेमा बिस्तृतमा जानकारी गराउनु भएको थियो।

उक्त बैठकमा क्यानाडाको तर्फबाट राष्ट्रिय परिषद क्यानाडा (एनसीसी) का अध्यक्ष चिरन्जीवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, अभिमन्यू बस्नेत, ढुण्डि राज पाण्डे, गोपी कृष्ण काफ्ले, रबिन्द्र घिमिरे, बिमला सापकाेटा लगाएत अन्य पार्षद सदस्यहरुको सहभागिता रहेको थियो।