एनआर एन ए क्यानडाकाे एनसीसी सदस्य निर्बाचन सम्पन्न । अधिकांश नयाँ अनुहार ।। अधिवेशन यहि अगष्ट १४ मा ।

community NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

राजु थापा, ग्रेटर टोरोन्टो । अगष्ट २, २०२१ ।। गैरआवासीय नेपाली संघ क्यानडाको राष्ट्रिय समन्वय परिषद् (एन सि सी) को निर्बाचन हिजो सम्पन्न भएको छ । १९ सदस्यका लागि हिजो क्यानडा भरि भएको निर्बाचनमा अधिकांश नयाँ अनुहार निर्बाचित भएका छन् । जसमध्ये ५ जना निर्वाचन अगावै निर्बिरोध भैसकेका छन् । निर्विरोध हुनेहरुमा वेष्टन अन्टारियो बाट दिपक सापकोटा, अटवा बाट अनुप सुवेदी, क्यूबेक बाट प्रमेश गुप्ता, सास्काच्वन बाट बिनोदकुमार सुवेदी र मनिटवा बाट कृष्ण न्यौपाने छन् ।

यसैगरि अन्य क्षेत्रबाट निर्बाचित हुनेहरुमा टोरोन्टो क्षेत्रबाट गोपाल भण्डारी र शैलेन्द्र चापागाँई, ब्रामटन तथा क्यालेडियन क्षेत्रबाट दिपक दत्त गौतम, पिताम्वर भट्टराई र संगीता जिसी, मिसिसागा माल्टन क्षेत्रबाट बिरेन्द्र कुमार रावत र सोम गुरुङ, स्कारब्रो क्षेत्रबाट राजेन्द्र प्रोख्रेल र यम खत्री, ब्रिटिस कोलम्बिया बाट राजु भट्टराई, क्यालगरीबाट बाबुराम बानियां र सम्राट थापा रहेका छन् ।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र पोखरेलका अनुसार यहि आउदो अगष्ट १४ तारिख एनआरएनए क्यानडाको अधिवेशन मार्फत नयाँ नेतृत्व सहित कार्यसमितिकाे चयन गर्ने छ । एनआरएनएको बिधान अनुसार एनआरएनए क्यानडाको नेतृत्व अर्थात अध्यक्ष हुनका लागि कम्तिमा पनि एक कार्यकाल यस अघिको कार्यसमितिमा रहि कार्य गरेको हुनु पर्ने प्रावधान अनुसार अबको नेतृत्वका लागि बर्तमान महासचिव पिताम्बर भट्टराई, पूर्व प्रबक्ता दिपक दत्त गौतम र गोपाल भण्डारीले आफ्नो दाबेदारी पेश गर्न सक्ने छन् ।

साथै गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समन्वय परिषद (आईसीसी) को १० औ अधिबेशन यहि आउदो अक्टोबर २३, २४ र २५ मा सम्भवत काठमाडौंमा गर्ने निर्णय यस अघिनै भैसकेको छ ।