एनआरएनए क्यानडाको अधिबेशन अगष्ट १७ का लागि निर्वाचन अगष्ट १० मा, ५ सदस्य निर्बिरोध, चुनाबी माहोल तात्दै ।

NRNA क्यानडा विशेष

राजु थापा, क्यानडा ।

गैर आवासीय नेपाली संघ राष्ट्यि समन्वय समिति, क्यानडाको अधिवेशन यहि आउदो अगष्ट १० तारिख हुदै छ । क्यानडा भरि जम्मा १३ सिटको लागि हुने निर्वाचन मध्ये ५ सिटमा निर्बिरोध निर्बाचित भएका छन् । निर्बिरोध हुने मध्ये टोरोन्टो क्षेत्रबाट चिरन्जीबी घिमिरे र सरोज भट्टराई, सास्काचुन क्षेत्रबाट देवेन्द्र सुवेदी, क्याल्गरी बाट अनन्त आचार्य र एडमन्टन क्षेत्रबाट अर्जुन रसाईली रहेका छन् । अब ८ सिटका लागि निर्बाचन हुने छ । त्यसमध्ये ब्रामटन क्षेत्रबाट २ जना, मिसिसागा क्षेत्रबाट २ जना, स्कारब्रो क्षेत्रबाट २ जना, मनीटवा क्षेत्रबाट १ जना र ब्रिटिस कोलम्बिया क्षेत्रबाट १ जना छनौट हुने जानकारी प्रमुख निर्वाचन अधिकृत चन्द्र राईले जानकारी गराएका छन् ।

यस पटक राजधानी ओटवा लगायत क्यूबेक, मन्ट्यिल, गल्फ लगायत अन्य थुप्रै क्षेत्रबाट सदस्य संख्या अपुग भएका कारण क्षेत्र निर्धारण गरिएको छैन । यता एनआरएनए क्यानडाको बोर्डमा अपुग भएका क्षेत्रहरुलाई समेटेर सीट राख्नु पर्ने आवाज उठिरहेको छ तर त्यसको टुंगो भने लागेको छैन । यस पटक एनआरएनए क्यानडामा सदस्यता कम भएका कारण भनि केहि क्षेत्रहरुका आजिवन सदस्य र साधारण सदस्यहरुले नत उम्मेदवारी दिन पाएका छन् नत मतदान नै गर्न पाउने भएका छन् । आस्चर्यको कुरा के छ भने, बर्तमान एनआरएनए क्यानडाका उपाध्यक्ष रमेश बानीयाँ समेत यस पाली हुने निर्बाचनमा उम्मेदवार त परै जाओस् मतदान गर्ने अधिकार बाट समेत बन्चित हुने भएका छन् । यसले अब एनआरएनएको बिश्वशनियता कहाँ पुग्ने हो त्यो भबिष्यले बताउला ।

यसैक्रममा बिशेषगरि ब्रामटन, मिसिसागा र स्कारब्रो क्षेत्रमा चुनावी माहोल तातेको छ । अधिकांस नेपालीहरु यिनै शहरमा बाक्लो रुपमा बस्दै आएका छन् । यहांको चुनावी माहोल हेर्ने हो भने नेपालको चुनावको झझल्को दिलाउछ । अदृष्य रुपमा नेपाली राजनीतिक पार्टिको आस्थाका रुपमा गुट उपगुट भएर लागेको पाईन्छ ।

गैरआवासीय नेपाली संघ एउटा आप्रबासी नेपालीहरुको छाता संगठन हो, तर यसको नेतृत्व गर्न गुट बन्दि र नेपालको राजनितिको आस्थाको आधारबाट नेतृत्वमा पुग्दा के यो संघ र यसले लिएको उद्धेश्य पुरा होला त, यो आम बिदेशमा रहने नेपालीहरुले गम्भिर भएर सोच्नु पर्ने देखिएको छ, अन्यथा अबको केहि बर्षमा यस्तै परम्परा रहिरहने हो भने गैरआवासीय नेपाली संघ पुरै नेपाली राजननितिक दलको भातृ संगठन नहोला भन्न सकिदैन । यसो त अहिलेनै गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति बिश्वसनियता बढ्नु पर्नेमा दिनानुदिन घट्दै गैरहेको गत बर्ष र यस बर्षको सदस्य संख्याले अझ प्रश्ट देखाउंछ ।  गत बर्ष करिव ३ हजार भन्दा माथिको हाराहारीमा भएको सदस्य संख्या घटेर यस बर्ष सन् २०१९ मा २३५७ जना मात्र सदस्य रहेका छन् । अगष्ट १० मा हुने निर्बाचन पस्चात छनौट भएका १३ सदस्य बाट अगष्ट १७ मा हुने राष्ट्यि सवन्मय परिषदको अधिबेशन मार्फत नेतृत्व चयन र पदाधिकारीहरुको चयन गरिने छ । आआफ्नो क्षेत्रबाट बिजयी भएर आएमा हालका उपाध्यक्ष राज महत, महासचिव चिरन घिमिरे र सास्काचुनका देबेन्द्र सुवेदि बिच नेतृत्वका लागि प्रतिष्पर्धा हुने लगभग निस्चित छ । अन्य पदाधिकारीहरुमा केहि नयाँ अनुहारहरु पनि निर्बाचित हुन सक्ने देखिएको छ । बर्तमान उपाध्यक्ष राज महतले आफ्नो क्षेत्रमा बिजयी हुन र एनआरएनए क्यानडाकै नेतृत्व लिनका लागि योजना सहितको चुनावी प्रचारमा जुटेका छन् भने अन्य उम्मेदवारहरु पनि आफ्ना योजना सहित मतदाता माझ आएका छन् ।

१० तारिख हुने निर्बाचनका लागि ब्रामटन क्षेत्रबाट राज महत, कुन्दन घिमिरे, पिताम्बर भट्टराई र नेत्र खतिवडा प्रतिष्पर्धामा रहेका छन् भने मिसिसागा क्षेत्रबाट तुला भट्टचन, बिजय पौडेल र बिरेन्द्र रावत रहेका छन् । तेसै गरि स्कारब्रो क्षेत्रबाट अन्जनी भट्टराई, रश्मी थापा मगर, रमेश प्रशाई, उज्वल थापा र फडिन्द्र श्रेष्ठ रहेका छन् । ब्रिटिस कोलम्बिया बाट सरद शेरचन, जगदिस कडेल र सुरज बड्तौला छन् भने मनिटोवा क्षेत्रबाट शुशिल दोरंगार बिनोद कट्वाल क्षेत्री प्रतिष्पर्धामा रहेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समन्वय परिषदको नऔं बिश्व सम्मेलन आउदो अक्टोबर १३, १४ र १५ तारिख नेपालमा हुदैछ ।